Home �
News
� छोराको किरिया नसकिँदै आमाको पनि मृत्यु
Unknown |
23:30 |
0
comments
छोराको किरिया नसकिँदै आमाको पनि मृत्यु
तनहुँ,कात्तिक २५ – छोराको काजकिरिया नसकिँदै असीस्वाँरामा एक आमाको ज्यान गएको छ । सतीस्वाँरा –५,बाँकेपसलका ४५ वर्षीय याकुबदिन मियाँको बिहीबार हृदयघातका कारण ज्यान गएको हो । उनको चोखिने दिनमै आमा ६४ वर्षीया जनिफा मियाँको पनि निधन भएको छ । सोमबार याकुबदिन मियाँको चोख्याउने तयारी चल्दै गर्दा जानिाफिाको निधन भएको स्थानीय बाबुराम खनालले बताए ।
छोराको निधनको शोकमा डुबेकी जानिफा बिहान शौचालय गएर फर्कने क्रममा श्वासप्रश्वासमा समस्या भएपछि ढलेकी थिइन् । दुबैको मृत्युको कारण हृदयघात भएको बताइएको छ । एउटा सदस्य बितेको पाँच दिन नपुग्दै अर्की सदस्यको समेत ज्यान गएपछि सतीस्वाँराबासी स्तब्ध भएको राष्ट्रिय मुस्लिम आयोगका सदस्य हाजी रफिक मियाँले बताए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Category:
News
0 comments