Hindi Films

सञ्जय दत्तले के लेखे चिठीमा, जसले गर्दा सबै भए चकित

Unknown | 01:00 | 0 comments

सञ्जय दत्त अहिले पुनेको जेलमा सजाय काट्दै छन । उनी जेलमा भए पनि हालसालै २ वटा फिल्म रिलिज हुने तयारीमा छन । 'उंगली र पीके' उनको बजारमा आउन लागेका फिल्म हुन । 'पीके' फिल्म राजकुमार हिरानीले निर्देशन गरेका हुन । राजकुमार हिरानी सञ्जय दत्तका नजिकका साथी पनि हुन । सञ्जय दत्तले अहिले पनि जेलबाट हिरानीलाई चिठी लेख्ने गरेको स्वयम हिरानीले बताएका छन । हिरानीले सञ्जय दत्तले लेखेको कुरा समेत बताएका छन । हिरानी भन्छन्ः अहिले सञ्जय पहिला भन्दा समझदार भएको पनि बताएका छन । सञ्जयले राजकुमारलाई मात्र अन्य व्यक्तिलाई पनि चिठी लेख्ने गरेको खुलासा भएको छ । उनले 'पीके' फिल्मका सहकथाकार अभिजातलाई पनि चिठी लेखेको बताइन्छ । यसको खुलासा राजकुमार हिरानीले गरेका हुन । सञ्जय दत्तले अभिजातलाई यस्तो लेखेका छन, ' डियर अभिजात, म धेरै नै दुःखी छु कि मैले चिठीको समयमै जवाफ दिन सकिन। किनकि म यात्रा गरिरहेको थिएं । म न्युयोर्क गएको थिए र त्यहाँबाट मैले आफ्नो परिवारलाई युरोप लगेको थिए । एक महिनाको लागि बाहिर गएको थिए त्यसैले मैले तिमीलाई चिठी लेख्न सकिन । अन्तमा हाँस्दै यो सबै मैले आफ्नो दिमागमा योजना बनाएको थिए । ठट्टा मात्र गरेको हुँ ।'

Category:

0 comments