Hindi Films

कोमल वलीले ‘आइ लभ यु’ भनेपछि…..

Unknown | 22:20 | 0 comments


 

 
, November 29, 2014 
komaloli 1कपिलबस्तु,मंसिर १३ – लोकगायिका कोमल वलीले चन्द्रौटा महोत्सवको स्टेजमा उक्लिनासाथ भनिन्,‘हेलो,तन्नेरी महादेवलाई आई लभ यु ।’ उनले यभिमात्रै के भनेकी थिइन्,तन्नेरीहरु जुर्मुराउन थाले । अविवायिक गायिका वलीले दर्शकदीर्घामा रहेका महादेब नाम गरेका एकजनालाई तानेर ल्याइन र सँगै नचाइन् । महोत्सवस्थलमा हाँसोको फोहोरा छुट्यो । ‘गीत सुनौं,नाच हेरौं भनेको त कोमलले हँसाएको हँसाई पारिन् । दर्शकलाई हँसाउन हास्यकलाकार नचाहिने रहेछ बा’, कोमलको प्रस्तुतीबाट दंग चन्द्रौटाका व्यापारी महादेब पोख्रेलले भने । महादेबमात्रै होइन ,कोमलले ढुण्डिराज अधिकारीको हात पनि च्याप्प समातिन् । आयोजक समिति सदस्य अधिकारी थरथरी कापे । कोमलले सोधिन्, ‘किन कापेको ? ’ अधिकारीले ठट्टा गर्दै छोटो प्रतिक्रिया दिए–डरले । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments