Hindi Films

बहिनीको विवाह भोजका लागि सलमानले २ करोडमा होटल बुकिङ्ग गरे

Unknown | 08:06 | 0 comments

सोमबार, कार्तिक १७, बलिउडका स्टार अभिनेता सलमान खानले आफ्नो बहिनी अर्पिता को बिबाहको लागि २ करोडमा होटल बुकिङ्ग गरेका छन् । उनले बहिनीको विवाहमा कुनै पनि चिजमा कमि नआउने जनाएका छन् । बहिनीको विवाह समारोहमा बाहिरी मानिसको प्रवेश रोक्नको लागि विशेष व्यवस्था गर्न लागेका सलमानले प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा गरेका छन् । सलमानका घरका हरेक सदस्य अहिले अर्पिताको विवाहको तयारीको लागि व्यस्त छन् । उनको बिबाहको लागि हैदराबादको होटल ‘फलकनुमा प्यालेस’ दुई दिनको लागि बुक गरिएको छ । होटलका सबै ६० सूट २५० अतिथिहरुका लागि बुक गरिएको हो । सलमानले बहिनीको विवाहमा बाहिरी मानिस होटलमा प्रवेश नगरुन् भन्ने मनसायले पुरा होटल नै बुक गरेको बताइएको छ । स्रोतका अनुसार, होटलको क्याफे, रेस्टुरेन्ट र स्पामा पनि बाहिरी प्रवेशमा रोक लगाइएको छ ।

Category:

0 comments