Home �
News
� सम्झौता पालना नगरे रुस माथि थप प्रतिवन्ध लगाइने ':जी २० राष्ट्र
Unknown |
14:31 |
0
comments
15 नोभेम्बर 2014

ठूलो अर्थतन्त्र भएका विश्वका २० मुलुकहरुको समूह जी-२० को सम्मेलनमा पश्चिमा नेताहरुले युक्रेनमा भएको शान्तिसम्झौता पालना गर्न रुसलाई भनेका छन्।
अष्ट्रेलियामा भएको शिखर सम्मेलनमा ती नेताहरुले उक्त सम्झौता पालना नभए रुसमाथि थप प्रतिवन्धहरु लगाउने चेतावनी दिएका हुन्।
ब्रिस्बेनमा जारी दुई दिने उक्त सम्मेलन आर्थिक वृद्धिका विषयमा केन्द्रित हुने बताइएको छ।
तर नेताहरुका सम्बोधनमा युक्रेन संकटले पर्याप्त स्थान पाएको देखिन्छ।
टिप्पणी
यदि रुसले युक्रेनलाई अस्थिर बनाउन खोज्यो र यदि रुसी सेना युक्रेनभित्र देखियो भने रुसको ब्रिटेन र इयुसंग एकदमै बेग्लै सम्बन्ध हुनेछ। साथै थप प्रतिबन्ध लाग्ने सम्भावना पनि"
डेभिड क्यामरन, ब्रिटीश प्रधानमन्त्री
क्यानाडाका प्रधानमन्त्री स्टेफेन हार्परले युक्रेनबाट रुस निस्कनुपर्ने कुरा रुसी राष्ट्रपतिलाई बताए।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले युक्रेनमा रुसले हस्तक्षेप गरिरहेको भन्दै त्यो समग्र विश्वकै लागि खतरा भएको टिप्पणी गरे।
ब्रिटेनले पनि रुसले छिमेकी युक्रेनलाई अस्थिर बनाउन खोजेको आरोप लगाएको छ।
ब्रिटीश प्रधानमन्त्री डेभिड क्यामरनले भने, "यदि रुसले युक्रेनलाई अस्थिर बनाउन खोज्यो र यदि रुसी सेना युक्रेनभित्र देखियो भने रुसको ब्रिटेन र इयुसंग एकदमै बेग्लै सम्बन्ध हुनेछ। साथै थप प्रतिबन्ध लाग्ने सम्भावना पनि।"
निर्धारित अवधिभन्दा पहिले सम्मेलनबाट मस्को फर्किन लागेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने आर्थिक प्रतिबन्धहरु अवैधानिक भएको बताएका छन्।
 |
Category:
News
0 comments