Hindi Films

शिल्पा रोएर कसलाई हसाउँछिन् ?(भिडियो)

Unknown | 14:53 | 0 comments

निर्माता छविराज ओझाको संझौता भन्दा बाहिर रहदै मोडल तथा नव-नायिका शिल्पा पोख्रेलले एक म्यूजिक भिडियोमा अभिनय गरिन् । छविले आफ्नो चलचित्र ‘लज्जा’ नचलेसम्म शिल्पाले अन्य प्रोजेक्टमा काम नगर्नेगरि संझौता गरेका थिए ।
तर, ‘लज्जा’ प्रदर्शन अगावै शिल्पाले निर्देशक समन अधिकारीको एक म्यूजिक भिडियोमा काम गरिन् । ‘आफू रोएर पनि’ बोलको म्यूजिक भिडियोमा शिल्पालाई मोडल पल शाहले साथ दिएका छन् । विरेन्द्र श्रेष्ठको स्वरमा समावेश यो गीतमा अर्जुन पोख्रेलको संगीत, भावना पाठकको शब्द छ । भिडियोमा निशान घिमिरेको सम्पादन, शिवराम श्रेष्ठको छायांकन छ । शिल्पाले चलचित्र नगरीमा प्रवेश गरेको लामो समयपछि भिडियोमा फेरि अभिनय गरेकी हुन् ।

Category:

0 comments