Hindi Films

विश्वकै प्रतिष्ठित मध्येको सी टेन (C 10) अवार्डबाट नेपाली चेली सुनिता सम्मानित

Unknown | 02:33 | 0 comments

विश्वकै प्रतिष्ठित सी टेन अवार्ड पहिलो पटक नेपाललाई कात्तिक, काठमाडौं । बेचबिखन प्रभावितहरुको संस्था शक्ति समूहकी अध्यक्ष सुनिता दनुवार विश्वकै प्रतिष्ठित मध्येको सी टेन (C 10) अवार्डबाट सम्मानित भएकी छन् । स्वीडेनको स्टकहोमस्थित ग्राण्ड होटलमा सोमवार राती आयोजित एक समारोहमा दनुवारलाई सी टेन अवार्ड २०१४ प्रदान गरिएको शाक्ति समूहले जनाएको छ । स्वीडेनकी महारानी सिल्भियाको उपस्थितिमा मानव बेचबिखन र बालबालिकाको व्यवसायिक यौन शोषण विरुद्ध उल्लेखनीय काम गरे बापत विश्वका दश जनामध्ये नेपालबाट दनुवारलाई अवार्ड प्रदान गरिएको हो । सोफी स्टेनबेक फ्यामिली फाउन्डेशन, वर्ल्ड चाइल्डहुड फाउन्डेसन र रिच फर चेन्ज नामक तीन संस्थाले संयुक्त रुपमा यो अवार्ड हरेक वर्ष विश्वका दश बिभिन्न व्यक्तिलाई दिने गर्छन् । नेपालबाट यो अवार्ड पाउने सुनिता पहिलो हुन् । एक वर्षअघिमात्र शक्ति समूहकै तर्फबाट सुनिताले एशियाकै सबैभन्दा प्रतिष्ठित मानिने रोमन म्यागासेसे पुरस्कार पाएकी थिइन् । त्यसअघि शक्ति समूहकै चरिमाया तामाङलाई अमेरिकी विदेश मन्त्रालयले आधुनिक दासता विरुद्धको लडाइमा सफलता पाउने विश्वका एकजनालाई दिने अवार्डबाट सम्मानित गरेको थियो । मानव बेचबिखन विरुद्ध विगत १८ वर्षदेखि निरन्तर क्रियाशिल शक्ति समूहकी अध्यक्ष दनुवारले आफूले पाएको सी टेन अवार्ड बेचबिखन र यौन शोषणको चपेटामा परेका हजारौं नेपाली महिला र बालबालिकामा समर्पित रहेको बताएकी छन् । अवार्ड पाएपछि अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्, ‘बेचबिखन र यौन शोषण विरुद्धको हाम्रो संघर्षलाई अन्तर्राष्ट्रिय जगतले सम्मान गरेको छ, यो अवार्डबाट आधुनिक दासता विरुद्धको लडाई लड्न अझ प्रोत्साहन मिलेको छ ।’ अवार्डसँगै उनले १० हजार अमेरिकी डलर पुरस्कार पनि पाएकी छन् । दनुवार विहीवार विहान स्वदेश फर्किने शक्ति समूहले जनाएको छ । source:onlinekhabar

Category:

0 comments