Hindi Films

आजबाट कुन–कुन सरकारी कार्यालय १२ घन्टा खुल्दैछन् ?

Unknown | 11:38 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
आजबाट कुन–कुन सरकारी कार्यालय १२ घन्टा खुल्दैछन् ? December 16, 2014
काठमाडौं,पुस १ – सरकारले बढी भीडभाड हुने कार्यालयहरु मंगलबारदेखि दुई सिफ्ट गरी १२ घन्टा सञ्चालन गर्ने भएको छ । ती बिहान ६ देखि बेलुका ६ बजेसम्म खुला रहनेछन् । पूर्वसचिव कृष्णहरि बाँस्कोटाको संयोजकत्वमा गठित प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको सिफारिसमा यस्तो निर्णय गरिएको हो । तिनमा पहिलो चरणमा पाँच जिल्ला प्रशासन कार्यालय मोरङ,काठमाडौं,रुपन्देही,बाँके र कैलाली परेका छन् । गृह प्रबक्ता लक्ष्मण ढकालका अनुसार अरु जिल्ला प्रशासनमा पनि क्रमशः १२ घन्टे सेवा सुरु गरिनेछ । त्यस्तै काठमाडौं उपत्यकाभित्रका सबै मालपोत र नापी कार्यालय तथा काठमाडौं बाहिरका १२ जिल्लाका मालपोट र नापी कार्यालय १२ घन्टा खुल्नेछन् । तिनमा झापा,मोरङ,सुनसरी,सप्तरी,धनुषा,पर्सा,चितवन,रुपन्देही,बाँके बर्दिया,पाल्पा,कैलाली र जुम्ला छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले १२ वटै शाखा कार्यालयका महसुल काउन्टर मंगलबारदेखि १२ घन्टा खोल्नेछ । खानेपानी संस्थानका २० वटै शाखा कार्यालयका महसुल काउन्टर पनि १२ घन्टा खुला रहनेछन् । १२ घन्टे सेवा दिनेमा १६ वटै यातायात कार्यालय परेका छन् । तिनमा उपत्यकाका तीन र कर्णालीबाहेक १३ अञ्चल यातायात कार्यालय पर्छन् । त्यस्तै सुविधा दिइने निकायमा चारवटै वैदेशिक रोजगार कार्यालय छन् । राजधानीमा साउदी,कतार र मलेसियाका लागि खोलिएका कार्यालय र बाँकी मुलुक हेर्ने काठमाडौं कार्यालयमा वैदेशिक रोजगारमा जान चाहनेहरुले श्रम स्वीकृतीलगायत सेवा बिहान ६ देखि बेलुका ६ बजेसम्म लिन पाउनेछन् । नेपाल टेलिकमले काठमाडौं र भक्तपुरका ६ वटा महसुल काउन्टरमा मात्र १२ घन्टा सेवा प्रवाह गर्ने भएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments