Hindi Films

एयर एसियाको जहाज हरायो, तरपनि यसरी बँच्यो १० जनाको परिवार

Unknown | 03:46 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एयर एसियाको जहाज हरायो, तरपनि यसरी बँच्यो १० जनाको परिवार २०७१ पौष १४ सोमबार
हराइरहेको एयर एसियाको विमानमा यात्रागर्ने टिकट लिइसकेको एक इडोनेसियाली परिवारका १० जना सदस्य भाग्यबस बाँचेको रहस्य खुलेको छ । उनीहरुले सोही हराइरहेको विमानमा यात्रागर्नेगरी आइतबार बिहान ७ः३० बजेको टिकट लिएका ३६ वर्षीया क्रिश्चियानावतीले बताएकी छिन् । तर सो विमानले भने उनीहरुलाई छोडेर आफ्नो यात्रा समयभन्दा पहिला नै उडेकोले उनीहरु बचेका थिए । विमान त्यसको दुई दुई घन्टा अगावै अथवा बिहानको ५ः३० बजे नै उडेको थियो । सोही कारण उनीहरुको परिवारका १० जनाको ज्यान बचेको थियो । हामी ७ः३० को उडानका लागि सोही बमोजिमको समय तालिकामा विमानस्थल आइपुगेका थियौँ तर पनि विमान भने दुई घन्टा अगावै उडिसकेछ– उनले भनिन् । एकै परिवारका छ जना युवायुवती र अरु पाका मानिस गरी १० जनाको परिवार नयाँ वर्ष मनाउनका लागि हिजो सिङ्गापुर जाने कार्यक्रम रहेको थियो । सो विमानमा जाने तयारी भएको परिवारकी एकजना महिला क्रिश्चियानावतीले भनिन्– हामीले पहिला नै ७ः३० को नै टिकट लिएका थियौँ तर त्यहाँ जादा त विमान उडिसकेछ । उनीहरुले सो जहाजको टिकट पहिला नै लिएका तर एयर एसियाले त्यस उडानमा परिवर्तन गरी दुई घन्टा अगावै विमान उडाएको थियो । क्रिश्चियनावती भन्छिन्– विमानको सो उडान परिवर्तनको बारेमा जानकारी गराउन एयर एसियाबाट हामीलाई डिसेम्बर १५ र १६ मा गरी दुई दिनसम्म फोन पनि गरिएको रहेछ तर हाम्रो आफ्नै व्यस्तताका कारण हामीले नै फोन उठाउन सकेनौँ । तर अहिले आएर अकस्मात सो विमानको समय परिवर्तन भएको र आफूहरु विमानस्थल पुग्नुभन्दा दुई घन्टा नै अगाडि जहाज उडेको भन्ने जानकारी पछि त हामी निकै रिसायौंँ– उनले भनिन् । विमान सेवाका कर्मचारीले हामीलाई सोही समयभन्दा एक घन्टामात्र पछि अर्काे जहाज उड्न लागेकोले त्यसैमा लाने भनी तयारी गरिरहेका थिए र हामी त्यहीँ बस्दाबस्दै जहाज हराएको खबर आयो त्यसपछि हामी सो विमान सेवामा यात्रा नै नगर्ने भनी फर्कियौं– उनले भनिन् । क्रिश्चियनावती भन्छिन्– यो सबै कुरा सुनेर मलाई निकै नरमाइलो लागिरहेको छ र सिङ्गापुर जान नपाएकोमा पनि हामी दुःखी छौँ । तरपनि यो सबै भगवानले हाम्रो परिवारका लागि रचेको कार्यक्रम रहेछ भनेर हामीले सोचिरहेका छौँ– उनको अनुभव छ । तर त्यो हराएको विमान पनि छिट्टै भटिने र सबैजना सकुसल भेटिने आसा आफुले गरेको पनि उनको भनाई छ । एयरबस ए३२०–२०० को उक्त विमान इन्डोनेसियाको पूर्वी जाभाको सुराबायाबाट आइतबार बिहान सिङ्गापुरतर्फ उडेको थियो । यो मलेसियाली विमान सेवाको विमान हो । उक्त विमान हराएको २४ घण्टापछि पनि त्यसको कुनै सङ्केत देखिएको छैन । खोजी कार्य सोमबार बिहान बाट सुरु भइसकेको जानकारी इन्डोनेसियाको यातायात मन्त्रालयका अधिकारीले दिएका छन् । सुराबायाको जौन्डा अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहानको ५ः२० बजे उडेको दुई इन्जिनको उक्त विमानसँग हवाई उड्डयन नियन्त्रकहरूको सम्पर्क त्यसको करिब एक घण्टापछि टुटेको थियो । यसपछि उनीहरूले उक्त विमानबाट कुनै पनि सङ्केत प्राप्त गरेका छैनन् । उडान क्युजेड८५०१ को एयरएसियाको उक्त विमानमा १५५ यात्रु रहेका थिए । त्यसमा दक्षिण कोरियाका तीन तथा सिङ्गापुर, मलेसिया, बेलायत तथा फ्रान्सका एक÷एक यात्रु रहेका बताइएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments