दश रुपैयाँ देखाएर मानसिक अपांगमाथि बलात्कार
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
स्याङ्जा : स्याङ्जाको ओरष्टे गाविसकी २६ वर्षीया मानसिक अपांग युवतीलाई १० रुपैयाँको नोट देखाएर बलात्कार गरेको आरोपमा सोही ठाउँका ५८ वर्षीय चुनप्रसाद शर्मा पक्राउ परेका छन्
पीडित युवतीकी आमाले दिएको जाहेरीका आधारमा शर्मालाई शुक्रबार पक्राउ गरी अनुसन्धानका हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।
बाख्रा चराउन चापेखोला पाखोमा गएका बेला शर्माले १० रुपैंयाको नोट देखाएर यौन सम्पर्क गर्न भनेको नमान्दा ती युवतीलई बोकेर ओढारमा लगी बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।
छोरी टोलाइरहने, नबोल्ने र अत्तालिँदै घर बाहिर निस्कन नखोजेपछि सोधीखोजी गर्दा आफू बलात्कृत भएको उनले अभिभावकलाई बताएकी थिइन् । बलात्कारको आरोप लागेका शर्मा पीडित युवतीका आफन्त हुन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments