Hindi Films

लडाकुसँग बिहे गर्न बेलायती किशोरीलाई पैसा अफर

Unknown | 14:19 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
मुस्लिम अतिवादी संगठन आइएसआइएसले आफ्ना लडाकुसँग बिहे गर्न बेलायती किशोरीलाई पैसाको प्रलोभन देखाउने गरेको समाचार सार्वजनिक भएको छ। द इण्डिपेन्डेन्टका अनुसार बेलायती किशोरी र संगठनबीच मध्यस्तता गर्न केही मानिसहरु लण्डनमा रहेका छन। उनीहरुले किशोरीलाई पासपोर्ट बनाउनदेखि सिरियामा पठाउन सहयोग गर्छन। गत महिना प्रहरीले सिरिया जान लागेकी एक किशोरीलाई हिथ्रु विमानस्थलबाट नियन्त्रणमा लिएपछि आइएसआइएसको यो रहस्य सार्वजनिक भएको हो। अर्की एक किशोरी भने सिरिया पुगीसकेको प्रहरीले जनाएको छ। मुस्लिम राज्य स्थापना गर्न संघर्षरत आइएसआइएसले किशोरीलाई लडाकुसँग बिहे गरेर मुस्लिम राज्यका सन्तान बढाउन आग्रह गर्ने गरेको छ। केही दिन पहिले आइएसआइएस लडाकुले बिद्रोहीसँग बिहे गर्न नमानेको भन्दै १ सय ५० जना इराकी महिलाको हत्या गरेको समाचार सार्वजनिक भएको थियो।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments