Hindi Films

‘भैंसीको पैसा नतिरी छिमेकी मार्ने माओवादीबाट सधैँ बखेडा’

Unknown | 14:48 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
इटहरी : एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकीको हत्या गर्ने माओवादीहरु संविधान निर्माणका मुख्य बाधक बनेको आरोप लगाएका छन् । सोमवार सुनसरीको दुहबी नगरपालिकामा एमाले सुनसरी क्षेत्र नम्बर ३ ले गरेको पार्टी प्रवेश तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै ओलीले उक्त आरोप लगाएका हुन् । ‘भैसी किनेर पैसा तिर्न नसकेर जनयुद्धको नाममा छिमेकीको हत्या गरी बहादुरी देखायौँ भन्ने माओवादीहरु संविधान निर्माणमा बाधक बनेका छन्’, ओलीले भने, ‘हिजोको द्वन्द्वकै जस्तो प्रवृत्ति अहिले माओवादीले देखाइरहेको छ । यसले संविधान निर्माणमा अफ्ठेरो पर्यो‍ ।’ ओलीले माघ ८ मै संविधान आउने पनि ठोकुवा गरेका छन् । ‘संविधान बनाउन तीन महिनाको समय पर्याप्त छ । तर बखेडा झिकेर संविधान निर्माणमा अबरोध गर्न खोजिदैँछ’, ओलीले भने, ‘पहिलो संविधानसभाले पनि संविधान दिन सकेन दोस्रोपटक पनि जनतालाई धोका दिनुहुँदैन ।’ दलहरुको व्यबहार देखेर जनता दिक्क भैसकेको बताउँदै ओलीले माघ ८ मा संविधान नआए जनताले नेताहरुलाई राम्रो नमान्ने बताए । तराई–पहाड विभाजन हुन्न ओलीले संविधान संघीयराज्य निर्माण गर्दा कम प्रर्देश बन्ने पनि बताए । ‘माओवादीले भनेजस्तो १४ प्रदेशको सम्भव छँदै छैन’, ओलीले भने, ‘बढी प्रदेश राज्यले धान्न सक्दैन् । बढी राज्य बनाउँदा ५० वर्ष समय पुर्नसंरचनामै खर्च हुन्छ । बढी प्रदेशले देशको विकास हुँदैन ।’ ओलीले प्रदेश बनाउँदा तराई र पाहाड अलग गर्नु नहुने बताए । ‘पहाडमा धेरै खनिजपदार्थ छन् । पाहाडले नै हामीलाई विजुली दिइरहेको छ’, ओलीले भने, ‘तराईले पहाडलाई खनिज र विजुलीकोसट्टा धान दिरहेको छ । तराई र पहाड बाँडिए आर्थिक उन्नति रोकिन्छ ।’ जातको कुरा उठाएर एमाओवादी संविधान भाँड्दैछ एमाओवादीले जातको कुरा उठाएर संविधान निर्माणपक्रिया भाँड्न खोजेको पनि आरोप लगाए । ‘माओवादीले भनेजस्तै हो भने मेरै घर पहिला भाँडिने रहेछ’, ठट्यौली शैलीमा भने, ‘मैले पनि अन्र्तजातीय विवाह गरेको छु । एक सय २५ जाति मिलेर बसेकाले सबैको अधिकार सुनिश्चित हुने संविधान आउनुपर्छ ।’ ओलीले एमालेमा कुनै प्रकारको गुटबन्दी नभएको बताउँदै पार्टी एक भएर अघि बढेको दाबी गरे । उनले पार्टीको केन्द्रीय समितिमा विवाद समाधान भैसकेकाले जिल्ला र गाउँसम्म एक भएर पार्टीका काम अगाडि बढाउन कार्यकर्तालाई निर्देशन दिए । ओली इटहरीमा मंगलबार हुने अगुवा कार्यकर्तार्को प्रशिक्षण कार्यक्रममा सहभागी हुन आएका हुन् । source: annapurnapost
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments