‘चपली हाइटमा दिएको दृश्यमा पश्चताप छैन’ : बिनिता बराल
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ मंसिर २८ गते, चलचित्र ‘चपली हाइट’ सफल भएपनि अन्य प्रोजेक्टमा अफलता हात परेपछि नायिका बिनिता बराल अहिले अर्गानिक फर्म संचालनमा व्यस्त छिन् । उनी हाल ‘उमंग’ नामक चलचित्रको छायांकनमा पनि व्यस्त छिन् । उनै विनिता सामाखुशी स्थित आफ्नै अर्गानिक तरकारी विक्री केन्द्रमा भेटिइन् । उनीसँग गरिएको कुराकानीको अंश यस्तो छ :
१. नायिकाहरुलाई नङ्ग्याउन थालेपछि, ग्ल्यामर क्षेत्रबाट नै पलायन हुनु भयो भनिन्छ नी ?
म ग्ल्यामर क्षेत्रबाट पलायन भएर भागेकी होइन । मैले केही समयको लागि यस क्षेत्रबाट ब्रेक लिएकी मात्र हुँ । म अहिले चलचित्र ‘उमंग’मा ब्यस्त छु ।
२.ग्ल्यामर भन्दै उच्छृङ्खल रुपमा आफुलाई प्रस्तुत गरिन थालेका केही नायिकाहरुलाई दर्शकले नरुचाउँन थालेको समयमा नै तपाई हराउनुलाई कसरी लिने ?
ग्ल्यामरलाई दर्शकहरुले नरुचाएको र मन नपराएको भन्ने कुरामा सत्यता छ जस्तो मलाई लाग्दैन । यसको माग हिजो थियो र आज पनि यसप्रति दर्शकको रुचि घटेको छैन बरु बढ्दो रुपमा छ । हेर्दै जानुहोस् यसको क्रेजज भोलीको समयमा झनै बढ्नेछ ।
३.चलचित्र ‘चपली हाईट’मा तपाईले प्रस्तुत गर्नु भएको दृष्यका कारण तपाई अत्यधिक विवादमा रहनु भयो । तपाईलाई त्यस्तो कुनै पश्चाताप छ कि छैन ?
‘चपली हाईट’ले धेरै चर्चा पाउनुका साथै व्यवसायिका रुपमा समेत निकै सफल रह्यो । श्रृृजना जती राम्रो बन्ने गर्दछ त्यसको आचोचना पनि तिब्र र कडा रुपमा नै हुने गर्दछ । यस चलचित्रलाई प्रेम प्रसंग र त्यसमा प्रयोग भएको दृष्यहरुसँग मात्र केन्द्रित भएर आलोचना गरेको देखिन्छ ।
तर समिक्षक तथा आलोचकहरुले यो चलचित्र यौन मनोविज्ञानमा आधारित थियो भन्ने पुर्ण रुपमा विर्सिएर एकतर्फी मात्र पक्षपोषण गरिएको देखिन्छ । कुन वर्गिकरणको चलचित्र हो र चलचित्रले वास्तविक रुपमा केलाई देखाउन खोजेको छ भन्ने बुझ्ने प्रयास समेत नगर्नु आलोचकहरुको कमजोरी थियो । मैले जे गरें, दर्शकको चाहना अनुसार गरे । यसमा मलाई कुनै आपत्ती र पश्चताप छैन ।
४. यस अर्थमा यौन क्रियाकलापलाई खुला रुपमा आत्मसात गर्न सक्नु पर्दछ भन्ने तपाईको मान्यता हो ?
यौन क्रियाकलापलाई होइन यौन शिक्षालाई भने आत्मसात गर्नुपर्दछ । नेपाली चलचित्रहरु पनि यौन चेतनामूलक र सन्देशात्मक बन्नु पर्दछ भन्ने मेरो मान्यता छ । चलचित्र निर्माण भएपछि त्यसलाई उमेर अनुसारको वर्गिकृत प्रमाणपत्र प्रदान गरिएको हुन्छ ।
यसका लागि हामी कलाकार होइन नियमन निकायहरु सक्रिय रहनु पर्दछ । आफ्नो कमजोरी र लाचारपनको जिम्मेवारी नलिने सम्बन्धित निकायहरुको प्रवृत्ती रहेकाले पनि अधिकांश महिला कलाकारहरुले यो आरोपको निरन्तर सामना गर्नु परिरहेको छ । वास्तवमा यस्ता मनमा रहेका कुण्ठाहरुको विषयमा प्रस्तुत चलचित्रहरुले समाजलाई विकृती तर्फ होइन ब्यवस्थित र सभ्य तर्फ लैजान सहयोग पुग्दछ ।
प्रस्तुती : राजेन्द्र कार्की
source: onlinekhabar
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: CelebrityNews And Gossips




0 comments