पैसा होइन केक निस्कने एटिएम मसिन
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
न्यूयोर्क – के तपाईंले कहिले यस्तो एटिएमको बारेमा सुन्नु भएको छ जसमा पैसा होइन खाने कुरा निस्कन्छ ? सायद सुन्नुभएको छैन भने अब थाहा पाउनुहोस् ।
न्यूयोर्कमा कप केक बनाउने कम्पनी स्प्रिंकल्सले केक प्रेमीहरुको आवश्यकतालाई मध्येनजर गर्दै एउटा यस्तो एटीएम मसिन राखेका छन् जसमा पैसाको सट्टा कप केक निस्कने गर्दछ । २४ सै घण्टा काम गर्ने यो मेसिनले तपाईंलाई क्रेडिट कार्डद्वारा आफूले रोजेको कप केप निकाल्ने गर्दछ । यो एटिएममा एकपटकमा ७६० वटा केक आउने गर्दछ । मानिसहरुले सधैँ ताजा केक नै पाउन् भन्ने उद्देश्यले यसलाई दिनमा तीनपटक भरिन्छ । हरेक कप केको मूल्य ४.२५ डलर हो । यो मेसिनमा लगभग २० थरिका केक उपलब्ध छ । यो मेसिनबाट कसरी केक पाउन सकिन्छ भनेर सोच्दै हुनुहुन्छ भने यसका लागि तपाईंको आफूलाई मनपर्ने फ्लेभर छान्नु पर्ने हुन्छ । क्रेडिट कार्ड स्वाइप गरेर रकम भुक्तानी गर्नुपर्ने हुन्छ । यो प्रक्रिया सिद्धिए लगत्तै एटीएम मसिनमा बनेको विन्डोमा केक आउने गर्दछ ।
डेली मेलका अनुसार निकै चहकिलो रङमा पेन्ट गरिएका उनका यी एटिएम मसिन बेभर्ली हिल्स, एटलान्टा, सिकागो र डल्लासमा छन् ।
कसरी आयो बिचारः
स्प्रिंकल्स केकका मालिक नेल्सनलाई केक एटीएम बनाउने बिचार आजभन्दा ६ दिन पहिले आएको थियो जब एक रात उनकी गर्भवती श्रीमतीले कप केक खाने इच्छा व्यक्त गरिन् । नेल्सनको आफ्नै कप केक बेकरी थियो तर आधा रातमा उनले आफ्नै श्रीमतीको लागि कप केकको व्यवस्था गर्न सकेनन् । उनले भोगेको यो अनुभवलाई अरु कसैले पनि भोग्न नपरोस् भनेर ६ वर्षपछि उनले यसलाई यथार्थमा परिणत गरेका छन् । (एजेन्सी)
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: wonder




0 comments