दिनमै सय पान खान्थे आमिर
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
December 22, 2014
एजेन्सी – आमिर खान अभिनित चलचित्र ‘पिके’ को प्रदर्शन हुने मिति जति नजिकिँदै छन्,उति नै यस फिल्मका रोचक कुराहरु बाहिर आउन थालेका छन् । फिल्म ‘पिके’ को प्रदर्शनको मिति नजिकिँदै गइरहेका बेला आमिर र उनले खाने गरेको पानका बारे अलि बढी नै चर्चा भएको छ ।
जीवनमा पिकेको सुटिङ गर्नु भन्दाअघि कहिल्यै पान नखाने आमिर फिल्म सुटिङका क्रममा पानको नम्बरवान अम्बली बन्न पुगेको तथ्य बाहिर आएको छ । समाचार एजेन्सीहरुका अनुसार पिकेको सुटिङमा पान खान सिकेका आमिरले दिनमै एक सय पोकासम्म पान खाएका थिए । ‘हरेक सिन गर्नुअघि उनलाई फ्रेस पान चाहिन्थ्यो । कुनै सिनमा टेक खाँदा होस् वा राम्रो गर्दा पानको अर्डर गरिहाल्थे’,आमिरको पान मोहलाई उल्लेख गर्दै समाचारहरुमा भनिएको छ ।
आमिरले निकै मेहनत गरेर बनाएको चलचित्रका रुपमा हेरिएको पिकेमा उनको क्यारेक्टर नै पान खाने अम्बलीको रहेको छ । भोजपुरी परिवेशमा निर्मित यस फिल्ममा आमिरका अतिरिक्त अनुष्का शर्मा,सञ्जय दत्त र सुशान्त सिंह राजपूतले अभिनय गरेका छन् । आमिरले फिल्मको प्रचारप्रसार बिहारबाट सुरु गरेका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: CelebrityNews And Gossips




0 comments