सेक्समा नै संसार अढेको छ,भन्ने कुरा त सबैलाई थाहा भयकै कुरा हो तर कुन सेक्स कासरि गर्ने पनि जानुहोस !
![]() |
एक व्यक्तिको यौन अङ्ग अर्को व्यक्तिको मुखको सम्पर्कमा ल्याई गरिने यौन क्रियाकलापलाई नै मुखमैथुन अर्थात् oral sex भनिन्छ। कतिपय व्यक्तिका लागि यो निकै सुखदायी तथा आकर्षक हुन्छ भने कतिका लागि एकदमै विकर्षक। नेपालमा राम्रोसँग अध्ययन हुन बाँकी रहे पनि मुखमैथुनबाट यौन आनन्द पाउन रुचाउने व्यक्ति वा जोडीहरू यथेष्ट मात्रामा भएका उदाहरण हाम्रो सम्पर्कमा आउँछन्। मानव यौनसम्पर्कलाई नियालेर हेर्ने हो भने कतिपय दम्पतीका बीच मुखमैथुनको महत्त्वपूर्ण स्थान रहेको पाइन्छ।
कामसूत्रमा ऋषि वात्सायनले पनि मुखमैथुनका बारेमा वर्णन गरेको पाइन्छ। उनले मुखमैथुनलाई विभिन्न आठ नाम दिई वर्गीकृत गरेका छन्। ती हुन्— निमित्त (हातले लिङ्गलाई समातेर ओठ त्यसमा राखेर मुख गोलो पारेर हल्का किसिमले घर्षण गर्नु), पाश्र्वतोदष्ट (लिङ्गको अघिल्लो भागलाई हातले छोपेर, पछिल्लो भागलाई ओठले दबाउने), बहिसन्देश (लिङ्गको अग्रभागलाई मुखभित्र राखेर अघिपछि गर्ने), अन्तःसन्देश (बहिसन्देशभन्दा बढी नै मुखभित्र राखेर अघिपछि गर्ने), चुम्बितक (ओठलाई चुम्बन लिएजस्तै चुम्बन लिने), परिमुष्टक (जिब्रोले लिङ्गको अग्रभाग चलाउने), आम्रचूसितक (लिङ्गलाई मुखभित्र राखेर आँप चुसेजस्तै चुस्ने), संगर (लिङ्गलाई दाँतले स्खलित नभएसम्म दबाउने)।
मुख मैथुन भन्नाले १. लिङ्ग-मुख मैथुन (Fallatio), २. योनि-मुख मैथुन (Cunnilingus) ३. गुद्द्वार-मुख मैथुन (Anilingus) सबै मुख मैथुनको प्रकारलाई बुझ्नुपर्छ। लिङ्ग-मुख मैथुन तथा गुद्द्वार-मुख मैथुन पुरुष-पुरुष तथा पुरुष-महिलाका बीच हुनसक्छ भने। योनि मुख मैथुन पुरुष-महिला तथा महिला-महिलाका बीचमा हुनसक्छ।
के यसले हानि गर्छ ?
यसरी गरिने मुखमैथुनजस्ता यौन क्रियाकलाप स्वस्थकर हुन्-होइनन् भन्ने कुरामा धेरैमा शंका रहेको पाइन्छ। स्वस्थ व्यक्तिका माझ मुखमैथुन गर्नु सुरक्षित हुन्छ। यसले स्वास्थ्यमा कुनै किसिमको हानि गर्दैन। यदि यौनरोग छ भने रोग सर्न सक्छ, जुन कुरा लिङ्ग-योनि वा अन्य किसिमको यौन सम्पर्कमा पनि लागू हुन्छ। यदि यौनरोग छ भने राम्रोसँग उपचार गराएपछि वा भनौं निको भएपछि मात्र यस्तो क्रियाकलापमा सरिक हुनु बेस हुन्छ। यदि यौ नसाथीमध्ये कसैलाई यौनरोग लागेको अथवा यौनरोग लागेको शंका छ भने पनि त्यसलाई सुरक्षित बनाउनु आवश्यक छ।
तपाईंले किन यो प्रश्न सोध्नुभएको हो स्पष्ट छैन, जानकारीका लागि मात्र वा यस्तो क्रियामा संलग्न हुनुभएका कारण कुनै चिन्ता वा चासो छ ? अरूको लिङ्ग तपाईंले ग्रहण गर्नुभएको वा तपाईंको लिङ्ग अरूले ग्रहण गरेको हो सो कुरामा जोखिम भर पर्छ। जहाँसम्म एचआईभी सर्ला-नसर्ला भन्ने प्रश्न छ तपाईंको मुखमैथुन हुँदाको परिस्थितिमा भर पर्छ। सैद्धान्तिक रूपमा एचआईभी सर्ने सम्भावना भए पनि वास्तविक रूपमा एचआईभी सरेको कुनै घटना नभए त्यसलाई सैद्धान्तिक जोखिम (Theoretical risk) भनिन्छ। थूकको सम्पर्क हुने गरी गरिने चुम्बन (wet kissing), कन्डम लगाएर गरिएको मुख मैथुन, औंला यौन अंगमा पसाउनु, यौन अंगबाट आएको रसको सम्पर्कमा आउने गरी साथीबाट गरिएको हस्तमैथुन यसका उदाहरण हुन्। रगत, वीर्य वा योनिरसको सम्पर्कमा आइने भए पनि थोरैलाई मात्र यसरी सर्ने देखिएको यौन क्रियाकलापलाई कम जोखिम पूर्ण (Low risk) भनिन्छ। कन्डम नलगाई गरिएका मुखमैथुन वा कन्डम लगाएर गरिएको योनि तथा गुदा मैथुन यसका उदाहरण हुन्।
सुरक्षित बनाउन मुखमैथुन गर्दा कन्डमको प्रयोग आवश्यक हुन्छ। अहिले यही प्रयोजनका लागि भनेर सुगन्धित कन्डम पनि पाइन्छन्। योनि-मुख मैथुनका लागि डेन्टल ड्याम (रवरको पातलो चारपाटे टुक्रा) को प्रयोगबाट यसलाई सुरक्षित बनाउन सकिन्छ। डेन्टल ड्याम छैन भने कन्डमलाई काटेर चारपाटे टुक्रा बनाउन सकिन्छ। मुखमा चोटपटक छ भने र वीर्य स्खलन मुखमा भएको स्थितिमा जोखिम बढ्ने कुरा याद राख्नुपर्छ।
ध्यान दिनुपर्ने कुरा
मुखमैथुनका लागि अर्को महत्त्वपूर्ण कुराचाहिँ यौनअंगहरूको सरसफाइ हो। हामी विभिन्न कारणले यौनअङ्गहरूको सरसफाइ राम्रोसँग गर्दैनौं र यसलाई जहिले पनि फोहर अङ्ग मान्छौं, तर वास्तविकता त्यसो होइन। यौन अङ्गवरिपरिका ग्रन्थिहरूबाट निस्किएका रसमा विशेष गन्ध हुन्छ र दिनहुँ सफा नगरिए त्यसको गन्ध कडा रूपमा आउँछ, जसले यस किसिमको यौन क्रियाकलापलाई असजिलो पार्न सक्छ। यौन अंगहरूलाई सादा साबुन पानीले धुनु नै पर्याप्त हुन्छ। पानी मनतातो हुनु बेस हुन्छ। धेरै कडा साबुन वा धेरै सुगन्धित साबुन वा यौन अङ्गमा लगाइने डिओडेरान्टहरूको प्रयोग त्यति राम्रो मानिंदैन, किनभने यसले यौन अङ्गको कमलो भित्री छालामा नकारात्मक असर पुर्याउन सक्छ। योनिलाई सफा राख्न भनेर डुस दिने चलन पनि स्वास्थ्यका द ृष्टिकोणले लाभदायक हुँदैन। दिनहुँ यौन अङ्ग धुने अथवा अझै सकिन्छ भने यौनसम्पर्कभन्दा पहिले यसो गर्न सकिए मुखमैथुनको आनन्द अझ बढी तथा सजिलै लिन सकिन्छ।
के वीर्य खाइए हानि हुन्छ ?
वीर्य विभिन्न पुरुष प्रजनन अङ्गहरू जस्तै वीर्यथैलीबाट निस्किएको रस, शुक्रवाहिनी नलीको रस, पौरष ग्रन्थि तथा मूत्रनलीका mucous (शेष्म) ग्रन्थिका रसहरूबाट बनेका हुन्छन् र यसैमा अण्डकोषबाट उत्पादित शुक्रकीटहरू हुन्छन्। जहाँसम्म हानिको कुरा छ, यसमा भएका पदार्थहरू 'शुक्रकीट' बाँच्न सकोस् भनेर संरचना गरिएको हुन्छ, त्यसैले मानवकोषलाई हानि गर्ने किसिमको कुनै पदार्थ यसमा हुँदैन। त्यसैले निलिए पनि हानि गर्ने कुरा भएन। अर्को कुरा, हाम्रो सुरुवात नै वीर्यमा रहेको कुनै एक शुक्रकीटबाट भएको हो र आधाजसो वंशाणु हामीले त्यसबाटै पाएका छौं भन्ने कुरा पनि बिर्सनु भएन।
अन्तमा
१.योनी लिङ्ग मैथुन (उच्च जोखिम )
२.लिंग चाक मैथुन (उच्च जोखिम)
३.लिंग वा योनी मुखले चाटेर वा चुसेर गरिने मैथुन (सामान्य जोखिम)
४.कन्डोम सहितको योनी या चाकमा गरिने मैथुन (कम जोखिम )
५.स्तन वा अन्य सरिर को भाग संगको विर्य वा योनी रश को संसर्ग (कम जोखिम)
६.कन्डोम सहित गरिने मुख मैथुन (अत्यन्त कम जोखिम)
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: health




0 comments