एकै परिवारका चार जना दृष्टिविहीन आँखा नदेखे पनि भारी बोक्ने बाध्यता
|
१८ मंसिर, गुल्मी । जिल्लाको शान्तिपुर- १ रिपाहा निवासी खडकबहादुर थापाको परिवारमा चार जनाले आँखा देख्दैनन् । दृष्टिविहीन खडगबहादुर, उनकी दिदीबहिनी र आमाको जीवन टीठलाग्दो छ ।
लोरो टेकेरै खड्गबहादुरले एक्लो जीवन मात्र चलाएका छैनन्, परिवारसमेत पालेका छन् । शान्तिपुरको रिपाहा जंगलछेऊमा बस्ने यो परिवारको जीवनमा घाम त लागेको छैन नै, जाडोयाममा घरमा समेत घाम लाग्दैन ।
खड्गबहादुरकी दृष्टिबिहीन दिदी छामछाम र छुमछुम गर्दै पानी ओसार्छिन् । खडगबहादुरले भरिया जीवन जिएर परिवार पाल्दै आएका छन् ।
त्यो दृष्टिविहीन परिवारले गाईवस्तुसमेत पालेका छन् । गाईभैसीलाई घाँस काट्ने र गोबर फाल्ने काम तिनै ७२ वर्षीया वृद्धाले गर्दै आएकी छन् ।
आफूले आँखा नदेखे पनि आफ्ना सन्तानलाई पनि आँखा देखाउने सपना बोकेका खड्गबहादुरले दुःखसुख छोराछोरीलाई शिक्षादिक्षा पनि दिई नै रहेका छन् ।
आफूले आँखा नदेखे पनि आफ्ना सन्तानलाई पनि आँखा देखाउने सपना बोकेका खड्गबहादुरले दुःखसुख छोराछोरीलाई शिक्षादिक्षा पनि दिई नै रहेका छन् ।
गाडी आयो, आम्दानी गयो
आजकल गाउँ गाउँमा बाटो खुलेपछि घरघरै यातायातको सेवा पुग्ने गरेको छ । गाउँ गाउँमै गाडी पुगेपछि गाउँलेहरु खुशी भए पनि खड्गबहादुर भने दुःखी छन् ।
‘अहिले गाउँगाउँमा गाडी जान थालेको छ,’ उनले भने, ‘भारी बोकेरै जीवन धानेको हो, गाडी चल्न थालेपछि काम पाउन मुश्किल छ ।’
७२ वर्षीया वृद्धा आमालाई मीठो खुवाउने र इच्छाएको ठाउँमा घुमाउने रहर पनि पूरा भएको छैन, खड्गबहादुरको । ‘वृद्धा आमाको ईच्छा तीर्थ जाने थियो, तर कसरी लैजानु ?’
दुबै आँखा नदेख्ने छोराले लठ्ठीका भरमा भारी बोकेर ल्याएको खर्चले परिवारको गुजारा चलेको छ । कानसमेत कम सुन्ने वृद्धाकी ४० बर्षीया जेठी छोरी पनि दृष्टिविहीन छिन् । ३५ वर्षीया अर्की छोरी पनि आँखा देख्दिनन् ।
कठिन परिश्रम गरेर जिएको यो दृष्टिविहीन परिवारलाई वर्षको एकपटक आउने अपाङ्गता दिवस थाहा छैन । अधिकारको कुरा गर्नेहरुका आँखा यो परिवारसम्म पुगेको छैन ।
कठिन परिश्रम गरेर जिएको यो दृष्टिविहीन परिवारलाई वर्षको एकपटक आउने अपाङ्गता दिवस थाहा छैन । अधिकारको कुरा गर्नेहरुका आँखा यो परिवारसम्म पुगेको छैन ।
|
Category: News
0 comments