डिर्भोस पश्चात श्रीमानबाट टाढीँदा एक्लो शरीर मात्रै लिएर निस्केकी हुँ : रेखा थापा (भिडियो)
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौँ । अभिनेत्री रेखा थापाले नेपालमा शारीरीक हिंसामा महिला मात्र नपरेर पुरुष पनि परेको बताएकी छिन् । तर पुरुषले खुला रुपमा आफ्नो मर्दागीका कारण हिंसा नखुलाउने उनको दाबी छ । एन्टीना फाउन्डेसनले लिएको अन्र्तवार्तामा अभिनेत्री थापाले पुरुषहरुले लैगिंक बिभेदका विषयमा आवाज उठाउन नसकेको तर्क राखिन् । अन्र्तवार्तामा उनले कुनै महिलाले पुरुषलाई बलात्कार गरे पुरुषले र्मदागींका कारण भित्र भित्रै पचाएर राख्ने तर आवाज नउठाउने गरेको उनले बताइन् । थापाले आफु वाल्यकालदेखि नै सुरो भएको र कहिल्यै यस्ता घटना उपर प्रतिकार गर्न नडराएको बताउँदै यही क्षमताका कारण अहिले सम्म हिंशा भोग्नु नपरेको बताएकी छिन् ।
अन्याय सहनु पाप भएको बताउने अभिनेत्री थापाले चलचित्र उद्योगमा पारीश्रमिक नदिएको कुरा र नायिकाहरुमाथि शारीरिक शोषण भएको कुरा सुनेपनि आफुले नभोगेको दाबी गरेकी छिन् । मुलुकमा हरेक पेशा सम्मानित भएको बताउने उनले समाजमा सबै मान्छे मानव मात्र नभएको र दानव बस्ने भएकाले कोही कसैले पनि आफुलाई कमजोर बनाउन नहुने उनको तर्क छ । कमजोर मान्छे नै बढी पेलानमा पर्ने भएकाले उनले सबैलाई हिम्मतिलो बन्न समेत आग्रह गरेकी छिन् ।
परिवारको ५ छोरा छोरी मध्येकी कान्छी रेखाले आफ्नो जीवनमा पनि तत्कालीन समयमा लैगिंक विभेदता महशुश गरेर आवाज उठाएपछि उनले आफ्नो अधिकार प्राप्त गरेको बताएकी छिन् । उनले घरमा बिद्रोह गरेर बोठिगं स्कुल पढेको बताइन् । करिब ५ मिनेट लामो अन्र्तवार्ताको अन्त्यमा अभिनेत्री थापाले श्रीमानसँग सम्बन्ध विच्क्षेद गर्दा एक पैसा पनि नलिएको दाबी गरिन् ।
आफु सक्षम र सही बाटोमा भएकाले डिभोर्स पश्चात श्रीमानको आधा हकलाग्ने सम्पत्ति छोडेर एक्लो शरीर बोकेर निस्केको उनले बताइन् । १७ बर्षको उमेरदेखि हिरो फिल्मबाट सुरु भएको उनको चलचीत्र कालखण्ड देखि डिभोर्स सम्म कुरा गरीरहँदा अभिनेत्री थापाले अन्र्तवार्ता अवधिभर कतिबेलै निराश नभई हसिलो मुडमा नै सबैलाई ह्म्मित गर्न र कमजोर नबन्न पटक पटक आग्रह गरेकी छिन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: Videos
0 comments