श्रीमती वैदेशिक रोजगारीमा श्रीमती नेपालमा अर्कै संग बिहे
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
इलाम, ४ पुस । इलाममा पछिल्लो समय बहुविवाहका घटना बढ्न थालेका छन् । पुुुसयता प्रहरीले तीन जोडीलाई बहुविवाह आरोपमा पक्राउ गरेका छन् ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरले पशुपतिनगर–६ मेहेलबोटेका मनबहादुर दर्जी र प्याङ वडा नं ४ की गीता दर्जीलाई बहुविवाह गरेको आरोपमा पक्रेको हो । दर्जीकी जेठी श्रीमती चन्द्रकलाले छोराछोरी हुँदाहुँदै अर्की ल्याएको भन्दै श्रीमान्विरुद्ध प्रहरीमा बुधबार जाहेरी दिएकी थिइन् ।
प्रहरीले पशुपतिनगर वडा नं ५ टाँसीगाउँका ३० वर्षीय सुजित तामाङ र पशुपतिनगर वडा नं ९ की रत्ना लामालाई पक्राउ गरेको हो । जेठी श्रीमती वैदेशिक रोजगारीको सिलसिलामा हङकङमा रहेका बेला सुजितले दोस्रो विवाह गरेको भन्दै जेठी श्रीमती मनिकाले श्रीमान्विरुद्ध इलाका प्रहरी कार्यालय पशुपतिनगरमा जाहेरी दिएकी थिइन् ।
यस्तै बहुविवाह गरेको आरोपमा जमुना वडा नं ८ शिवकुमार तामाङ र २१ वर्षीया डिकमाया पाण्डेलाई पक्राउ गरिएको हो । तामाङकी जेठी श्रीमतीले प्रहरीमा उजुरी दिएपछि दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
चालु आर्थिक वर्षको पाँच महिमा बहुविवाह आरोपमा पशुपतिनगर वडा नं ९ का फुर्वा तामाङ र सोही स्थानकी अपेक्षा विक, नयाँबजार वडा नं ४ का मनकुमार भण्डारी र प्यूठान बादिकोट वडा नं ७ की २३ वर्षीया शान्ताकुमारी खत्री र सूर्याेदय नगरपालिका वडा नं १० बस्ने बालकुमार थामी र सोही स्थानकी बिमला गुरुङलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाएको प्रहरी निरीक्षक ईश्वर थापाले जानकारी दिए । उनीहरूलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । रासस
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments