Hindi Films

नंग्रा र दाह्राको घमासान युद्व (फोटो कथा)

Unknown | 03:11 | 0 comments

 

 
1
त्यो लडाइँ दाह्रा भर्सेज नंग्राको थियो । दाह्रा अर्थात् गोही र नंग्रा अर्थात् सिंह । लडाइँमा सिंह अर्थात् नंग्राको जित भयो र जंगलको राजा सिंहले आफ्नो सर्वोच्चता प्रमाणित गर्यो ।
घटना केन्याको साम्बुरुस्थित केन्या नदीको हो । नदी किनारामा मरेको हात्ती खाइरहेका सिंहका बथान आनन्द लुटिरहेका थिए । तर जब गोहीले आएर दखल पूरायो र सिनो खाइदिन थाल्यो सिंहलाई खपिसक्नु भएन ।
त्यसपछि सिंहले त्यो गोहीमाथि धावा बोल्न थाले । गोहीको जिउ उसै खतरनाक । दाह्राले फेला पार्यो भने त सिंहको ज्यानै जान्थ्यो । त्यसैले गोहीको खुट्टामा आफ्ना नंग्रा तथा दाँत गाडे ।
गोही पनि फनक्क फर्किएर आफ्ना दाह्राले सिंहमाथि हमला गर्ने प्रयास गथ्र्यो तर चतूर सिंह जोगिएर आक्रमणमा उत्रिरहेको थियो ।
सिंहका नंग्राले आफ्ना खुट्टामा घाउ बन्दै गएपछि लडाइँ नजितिने ठानेर गोहीले हार स्विकार गर्यो र सिंहसँग लडाइँ गर्न छाडी लुसुक्क नदिको गहिराइतर्फ हेलियो ।
फोटोग्राफर हंग ता ले यो डरलाग्दो लडाइँलाई आफ्नो क्यामरामा कैद गर्न सफल भए ।
simha and corc 1
simha and corc 3

Category:

0 comments