Hindi Films

कसले दियो माधुरी दीक्षितलाई पैसा नदिए छोराछोरीको हत्या गर्ने धम्की ?

Unknown | 22:21 | 0 comments

एजेन्सी । नृत्य राजकुमारी बलिउड अभिनेत्री माधुरी दीक्षित–नेनेलाई एक युवाबाट धम्की दिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
२३ वर्षीय प्रविनकुमार प्रधानलाई मुम्बई अपराध महाशाखाले पक्राउ गरेको हो । प्रधानले मागेको जति रकम बैंकमा डिपोजिट नगरे छोराछोरीलाई मार्ने सन्देश पठाएका थिए ।
माधुरीलाई ४ वटा सन्देश पठाएको समाचारहरुले बताएका छन् । तर म्यासेजबाट पठाएको हो वा ‘वाट्स एप’ बाट पठाएको भन्ने बारेका निश्चित हुन सकेका छैनन् ।
एउटा सन्देश ग्याङस्टार छोटा राजन समूहको सदस्य भएको भन्दै आरोपीले पठाएको पाइएको छ ।
आरोपी युवा मुम्बईको रेष्टुरेन्टमा काम गर्ने र छोटा राजनको सदस्य रहेको बताइएको छ ।
प्रहरीले यो घटनाको छानबिन गरिरहेको जानकारी दिएको छ ।

Category:

0 comments