Home �
News
� छोरी जन्मिएपछि गगन थापालाई सभासदको सास्ती (भिडियोसहित)
Unknown |
11:36 |
0
comments
१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा सभासद गगन थापाले संविधानसभा भवनमै आफूलाई करीव तीन दर्जन सभासदले छोरा नपाएवापत सान्तवनाको शैलीमा भुक्तमान दिएको खुलासा गरेका छन् ।
कांग्रेस नेता अर्जुननरसिंह केसीकी छोरी अन्जनासँग २०६५ बैशाख १५ गते विहे गरेका गगन अहिले दुई छोरीका बाबु बनेका छन् । उनकी कान्छी छोरी जन्मिएको ७ महिनामात्रै पुगेको छ ।
छोरा नपाउँदा गाउँघरका महिलाले हेलाहोचो सहनु कुनै नौलो घटना होइन । तर, शहरमै, त्यो पनि देशको चर्चित युवा नेताले समेत छोरो नपाउँदा विभिन्न किसिमको भुक्तमान खेप्नुपरेको गगन आफैंले खुलासा गरेका हुन् ।
दोस्रो छोरी जन्मेको सुनेपछि सभासददेखि आफन्तहरुले समेत तेस्रो सन्तान छोरा होस् भनेर ‘सहानुभूति’ दिने गरेको सभासद थापाले बताए । ‘सहानुभूति’ दिनेहरुले छोरा नभएकोमा आफू दूःखी भएको भन्ने अनुमानका साथ यस्तै हो, तेस्रो त पक्कै हुन्छ भन्नेदेखि अब छोराको रहरमा अर्को सन्तान नजमाउनुस् समेत भनेको थापाले सुनाए ।
‘छोरी भएपछि संसदमा जाँदा कम्तिमा ३ दर्जनजति सभासदले मेरी दोस्रो छोरी भएकोमा साहानुभूति प्रकट गरे’ थापाले भने-‘एकजना महिला सभासदले अब तेस्रो सन्तान नजन्माउनु भनेर खबरदारी गरिन् ।’
संविधानसभा चुनावका क्रममा चुनाव प्रचारमा जान लागेका बाबुलार्इ माया गर्दै गगनकी छोरी
संविधानसभा चुनावका क्रममा चुनाव प्रचारमा जान लागेका बाबुलार्इ माया गर्दै गगनकी छोरी
गगनका दिदीबहिनी नभएकाले उनले आफ्ना दुबै सन्तान छोरी नै हुन् भन्ने चाहेका थिए । भाग्यले पनि आफूलाई दुई छोरी दिएकोमा उनी सन्तुष्ट छन् ।
तर, उनी छठ पूजामा जाँदा पुजारीले समेत दोस्रो सन्तान पनि छोरी नै भएछ । छठीमाइको आशिर्वादले तेस्रो सन्तान छोरा होस् भनेको गगनले सुनाए ।
‘जब घरभित्रै पढेलेखेका मान्छेहरु छोरा नपाउँदा दुःखी हुन्छन्, देशका सभासद तेस्रो सन्तान छोरा होस् भनेर सान्तवना दिन्छन् भने महिला हिंसा खोज्न अन्त कहाँ जानु ?’ थापाको प्रश्न छ ।
महिला हिंसाविरुद्ध विश्वव्यापी रुपमा १६ दिने अभियान चलिरहेका बेला नेपालमा सचेत मान्छेहरुका घरमै छोरा र छोरीमाथि विभेद कायम रहेकाले शुरुवात घरबाटै हुनुपर्ने उनको भनाइ छ ।
एन्टेना फाउन्डेसनबाट प्राप्त गगन थापाको भिडियो हेर्नुहोस् -
|
Category:
News
0 comments