Hindi Films

सिंहको मुखबाट बाँच्न सफलः एक युवकलाई खेलौनाजस्तै खेलेपछि छोडिदियो सिंहले (भिडियोसहित)

Unknown | 08:34 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
बार्सिलोना चिडियाखानामा सिंहलाई घेरेर राखेको ठाउँमा हाम फालेका एक व्यक्ति तीनवटा सिंहको आक्रमणपश्चात सख्त घाइते भएका छन् । घाइते उनी बाँच्न भने सफल भएका छन् । सैनिक ड्रेस लगाएका ती व्यक्ति त्यहाँ बारिएको रेलिङ चढेर सिंह भएको ठाउँमा पुगेका थिए । त्यहाँ पुगेलगत्तै उनलाई एउटा सिंहले त्यहाँबाट टिपेर खाल्डोमा फालेको थियो । अर्को उनको ब्याग लिएर दौडन सुरु गर्यो भने तेस्रोले ती व्यक्तिलाई घिसारेर सुरुङमा लगेको थियो । सिंहले ती व्यक्तिलाई खेलौनाको रुपमा लिएको प्रत्यक्षदर्शीले बताएका छन् । ती सिंहहरुले उनलाई करिब आधा घण्टासम्म ओल्टाई पल्टाई गरेर खेलिरहेको बताइएको छ । पछि सिंहहरुमाथि पानीको फोहोर फ्ँयाक्दै ती मानिसको ज्यान बचाइएको थियो । उनी त्यहाँ कुन उद्देश्यले पुगे भन्ने कुरा यकिन हुन भने सकेको छैन । ४५ वर्षीय ती व्यक्तिलाई सिंहले टोकेको र कोपरेको दागसहित उद्दार गरिएको थियो । तत्पश्चात उनलाई उपचारको लागि भाल डि हेब्रोन अस्पतालमा पुर्याइएको थियो । उनी अहिले खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ । (एजेन्सी)
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments