यिनलाईलाई अफिसमै लभ लेटर लेखेर दिएपछि >>>>
![]() |
२०७१ मङ्शिर १९ शुक्रबार

र्याम मोडलिङमा स्थापति ना हो, ओसिमा बानु। सामाजिक सञ्जालमा उनलाई प्रेम र विवाह को प्रस्ताव राख्ने असंख्य छन्। उनको बेवास्तालाई अटेर गर्दै उपहार दिने, चिठी लेख्नेको पनि कमी छैन्।
अफिसमै आएर चिठी, उपहार, पुष्पगुच्छा छाडेर जाने गर्छन। म स्टाफलाई जसले जे ल्याएपछि नलिनु भन्छु तर छाडेर गएपछि के गर्न सकिन्छ र' ओसिमा प्रस्ट्याउँछिन्। उनको बुजाइमा प्रेम प्रतिवद्धता हो। एकअर्काप्रति प्रतिवद्ध नभएसम्म विश्वास र समझदारी हुन सक्दैन।

मुस्लिम समुदायकी ओसिमा ग्ल्यामर क्षेत्रमा लागेको पाँच वर्ष भयो। २७ वर्षीया उनले विवाह भन्दा करियरलाई प्राथमिकता दिएकी छन्। 'मुस्लिम समुदायमा केटीहरुको विवाह १६, १७ वर्षमै हुन्छ' ओसिमा भन्छन्, 'तर मेरो उद्देश्य र लक्ष्य प्राप्तिका लागि अझै तीनचार वर्ष काम गर्नुछ। त्यसपछि ३० वर्षको हाराहारीमा चाहि विवाह हुन सक्छ।' बुवा मुस्लिम र आमा हिन्दु धर्मावलम्बी भएकी ओसिमाको विवाहबारे आफ्नै मान्यता छ।
मुस्लिम संस्कृतिमा हुर्केकाले म मुस्लिम केटासँग विवाह गर्न चाहन्छु।' उनी भन्छिन, तर मुस्लिम केटा पाउन गाह्रो छ। अन्य धर्मावलम्बी भए पनि चल्छ तर मेरो विश्वासलाई सम्मान र आत्मसाथ गर्न सक्ने हुनुपर्छ।
मुस्लिम संस्कृतिमा हुर्केकाले यसप्रति मेरो आफ्नै विश्वास छ। म मुस्लिम केटासँग विवाह गर्न चाहन्छु।' उनी भन्छिन, तर मुस्लिम केटा पाउन गाह्रो छ। अन्य धर्मावलम्बी भए पनि चल्छ तर मेरो विश्वासलाई सम्मान र आत्मसाथ गर्न सक्ने हुनुपर्छ।
टीजीआइएफ नेपाल फेसन विक २०११ मा पहिलो पटक र्याम नापेकी ओसिमा पछिल्लो पटक महिनामा दिनअघि स्टाइल नाइटको र्याम्पमा हिडिन्। यसबीचमा चार दर्जनभन्दा बढी व्यावसायिक फेसन शोमा र्याम्प नापेकी उनी मोडलिङलाई निरन्तरता दिने पक्षामा छिन्। 'ममा पाँच वर्षअघिजस्तो उत्साह थियो अहिले पनि त्यतिकै छ' प्रस्ट्याउँछिन्।

मोडलिङसँगै हाउस अफ फेसन स्थापना गरेर व्यावसाय पनि सुरु गरेकी उनी भन्छिन्, 'फेस अफ क्लासिक डायमन्ड २०१२' को उपाधि जितेपछि प्राप्त गरेको ताजलाई जीवनको सबैभन्दा महत्वपूर्ण उपलब्धि र उपहार मान्छिन्।
![]() |
Category: CelebrityNews And Gossips
0 comments