Hindi Films

सीडीओको गाडीले किच्दा २२ महिने बच्चाको मृत्यु

Unknown | 03:36 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
५ पुस, दैलेख । प्रमुख जिल्ला अधिकारी सागरमणि पराजुलीको गाडीले किच्दा २२ महिनाको बच्चाको मृत्यु भएको छ । प्रजिअ पराजुली चढेको ना १ झ ७६५८ नम्बरको गाडीले शनिबार दिउँसो अमृत मल्लकी २२ महिने छोरी खुसीलाई किचेको थियो । सामाजिक परिचालकहरुको परीषा अनुगमन गर्न नयाँबजारस्थित एक स्कुलमा पुगेका प्रजिअको गाडी पार्किङका लागि ब्याक गर्ने क्रममा बच्चा छोक्किन आएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका उनलाई प्रहरीले उद्धार गरी तत्काल जिल्ला अस्पतालमा लगिएको थियो । तर, चिकित्सक नभएकाले समयमै उपचार नपाउँदा बालिकाको मृत्यु भएको आफन्तको आरोप छ । गाडी चालक धनिराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments