Hindi Films

अब कहिल्यै फिल्म खेल्दिन भन्दै सुमिनाले छोडिन् चलचित्र क्षेत्र

Unknown | 09:57 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
विवाद र स्क्यान्डलकै बिचमा लामो समय घेरिएकी नायिका सुमिना घिमिरे अब चलचित्र क्षेत्रमा नर्फकने वुझिएको छ । उनलेे आफू अभिनित चलचित्र ‘माला’को डबिङ सकेर यो क्षेत्रमा नर्फकने जानकारी यसका निर्माता शिशिर रानालाई गराएकी हुन् । डबिङ सकेपछि सुमिनाले आफूलाई-‘अब मलाई प्रचारमा नखोज्नुहोला, म चलचित्र खेल्दिन’ भनेको शिशिरको भनाई छ । उनले ‘माला’ आफ्नो अभिनयका हिसाबले अन्तिम चलचित्र भएको बताएकी थिइन् । सुमिनाले प्रदर्शनका हिसाबले भने आफ्नो अन्तिम चलचित्र ‘भिमदत्त’ हुने बताएकी छिन् । ‘सुमिनाले आफूलाई घरजम गर्न लागेको समेत बताएकी छिन्’, शिशिरले भने । सुमिना आफ्नो पछिल्लो प्रदर्शनमा आएको चलचित्र ‘रंग बैजनी’को प्रचारमा पनि देखिएकी थिइनन् । सुमिनाले बोक्दै आएको मोबाइल नम्बर पनि परिवर्तन भएको छ । उनले नयाँ नम्बर कसैलाई पनि उपलब्ध गराएकी छैनन् । source: tatokhabar
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments