दु:खद खबर:गुडिरहेको बसमा करेन्ट लाग्दा चार जनाको मृत्यु, सात घाइते,चारको अवस्था गम्भीर!
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
December 21, 2014 |
सिन्धुपाल्चोक, पौष ६ । सिन्धुपाल्चोकको बराम्ची–२ बालुवा भन्ने ठाउँमा गुडिरहेको बसले बिद्युतको तारलाई छुंदा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ । घटनामा सात जना यात्रु घाइते भएका छन् ।
मृत्यु हुनेमा पाङटाङ ८ का सर्किनी स्याङ्गो, गोल्चेका रेसबहादुर तामाङ, बतासेका मनमाया भुजेल र गुम्बा ६ का कामी भन्ने बिकास तामाङ रहेका छन् । मृतकहरु सबैको अनुहार र शरीर करेन्टबाट जलेको छ ।
घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ ।
आज बिहान साढे सात बजे काठमाडौंबाट सिन्धुपाल्चोकको कात्तिके जांदै गरेको बा २ ख २७०२ नम्बरको बसले सडकमा लत्रेको हाइटेन्सन लाइन छुंदा दुर्घटना भएको हो ।
११ हजार भोल्टेजको हाइटेन्सन लाइनका पोलहरु टाढा टाढा रहेकाले त्यस क्षेत्रमा तारहरु लत्रिएको अवस्था रहेका छन् । तारहरु सडकबाट हातैले छुनसक्ने अवस्थामा रहेका छन् ।
११ हजार भोल्टेजको करेन्ट बसभरी प्रवाह भएपछि बसमा सबार सबैलाई करेन्ट लागेको थियो । बसमा करेन्ट प्रवाह भएपछि बस भित्रका यात्रु भाग्ने क्रममा ढोकाको फलाममा छुंदा उनीहरुको मृत्यु भएको हो ।
बसका यात्रुले प्रहरीलाई खबर गरेपछि मात्र प्रहरीले बिद्युत प्राधिकरणलाई बिद्युत प्रवाह बन्द गराउन लगाएको थियो ।
उता, स्थानीयले बिद्युत प्राधिकरणको लापरवाहीले घटना भएको भन्दै घाइते र मृतकलाई क्षतिपूर्ति र तारको व्यवस्थापन माग गर्न गरेका छन् । स्थानीयले पटक पटक उक्त क्षेत्रमा तारको व्यवस्थापनको माग गर्दै आएपनि बिद्युत प्राधिकरणले चासो दिएको थिएन । तस्विर: अर्चना न्यौपानेको फेसबुकबाट
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments