नेपाली युवक बलात्कार आरोपमा मलेसियाको जेलमा
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
क्वालालम्पुर– गत भदौदेखि मलेसियामा बेपत्ता भएको भनिएका एक नेपाली युवक बलात्कार अभियोगमा थुना रहेको थाहा भएको छ। भोजपुरको सिद्धेश्वरी गाविसका मनोज पाण्डे मलेसियाको सुङगाइवुलो जेलमा भेटिएको यहाँस्थित नेपाली दूतावासका श्रम सहचारी बुद्धिनाथ भट्टराईले जानकारी दिए।
श्रम सहचारी भट्टराईका अनुसार पाण्डे बलात्कारको अभियोगमा थुनामा छन्। सुङगाइबुलो जेलका जेलरलाई उद्धृत गर्दै उनले भने, 'मनोज पाण्डेमाथि मलेसियामा काम गर्ने इन्डोनेसियाली महिलामाथि बलात्कार गरेको अभियोग छ। उनी सोही अभीयोगमा अहिले थुनामा छन्।'
पाण्डेको सुनुवाईको मितिबारे जानकारी नभएको र यहाँको गृह मन्त्रालयसँग सहकार्य गरी जानकारी लिने श्रम सहचारी भट्टराईले जनाए। पाण्डेले गत भदौ ८ गते आफूलाई बलात्कार गरेको एक इन्डोनेसियाली महिलाले उजुरी गरेपछि प्रहरीले पक्राउ गरेको खुलेको छ।
४ वर्षदेखि मलेसियामा काम गर्दै आएका उनी बिदामा घर गएर बिहे गरी फर्किएका थिए। पाण्डे यहाँको सेलेङ्गर राज्यस्थित साहलमको बातुतिगामा रहेको रहेको सिड्नी चेक हाउस कम्पनीमा कार्यरत थिए। भदौ ८ गते होस्टेलबाट बाहरिएका मनोज नफर्किएपछि उनका साथीहरूले उनी बेपत्ता भएको खबर काम गर्ने कम्पनी र नेपाली दूतावासमा गरेका थिए।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News



0 comments