Hindi Films

नेपालीलाई घर फर्काउन राति २ बजेसम्म काम

Unknown | 14:14 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
नेपालीलाई घर फर्काउन राति २ बजेसम्म काम मलेसिया– अवैध नेपालीलाई घर पठाउने अभियान सकिनै लाग्दा यहाँको इमिग्रेसनले राति समेत काम गर्न थालेको छ। घर फर्कने नेपालीको संख्या अत्यधिक भएकाले राति २ बजेसम्म इमिग्रेसनले नेपालीको फिंगरप्रिन्ट लिने काम गरिरहेको नेपाली दूतावासका श्रम सहचारी बुद्धिनाथ भट्टराईले जनाए।
उनका अनुसार घर फर्कन चाहने जति सबै अवैधानिक नेपालीलाई फर्काइ दिन दूतावासले गरेको आग्रहअनुसार मलेसिया सरकारले राति पनि कार्यालय खोलेर काम गरेको हो। 'दिउँसो मात्रै नभ्याएर इमिग्रेसनले राति २ बजेसम्म काम गरिरहेको छ,' उनले नागरिकन्युजसित भने, 'यति गर्दा पनि घर नजानेले दुःख पाउँछन्।' भट्टराईका अनुसार आजसम्म करिब ४० हजारभन्दा धेरै अवैधानिक नेपाली घर गइसकेका छन् भने २० हजारभन्दा बढी जाने तयारीमा छन्। अब घर फर्कने म्याद भोलिसम्म मात्रै छ। कोपरासी अभियानअन्तर्गत फिंगरप्रिन्टका लागि यहाँको इमिग्रेसनले मलेसियाका दामनसरा, जोहारबारु र पोर्टकेलाङमा घुम्ती सेवा दिँदै आएको छ। कोपराशीका प्रमुख दातो मोहम्मद नासिरले अवैधानिक नेपालीलाई घर पठाउन आफुहरूले बिहान १० बजेदेखि राति २ बजेसम्म कार्यालय खोलेर काम गरिरहेको नागरिकलाई बताए। उनले भने, 'अवैधानिक नेपालीले यहाँ दुख नपाउन् भनेर रातिसम्म काम गरेका हौं।' भोलिसम्म मलेसिया नछाड्ने अवैध विदेशी कामदारलाई कडा कारबाही गरिने चेतावनी यहाँको गृह मन्त्रालयले यसअघि नै दिइसकेको छ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments