Hindi Films

हराएको जहाजका १० टुक्रा समुन्द्रमा भेटिएपछि ........

Unknown | 03:34 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

काठमाडौं: एक सय ६२ यात्रुसहित आइतबार बिहान बेपत्ता भएको एयर एसिया इन्डोनेसियाको जहाज जाभा समुन्द्रमा भेटिएको छ। इन्डोनेसियाका सैनिक विमानले उडान नम्बर क्यु जेड ८५०१ को ए ३२०-२०० जहाजको ढोका र इमरजेन्‍सी स्लाइडसहित १० टुक्रा भेटाएको हो। एयर सियाको सो जहाजलाई इन्डोनेसिया अनुसन्धान अधिकारीहरूले जाभा समुन्द‍्रमा १० टुक्रासहित फेला पारेको समाचार डेली मेलले उल्‍लेख गरेको छ। 

एयर सियाको सो जहाजलाई इन्डोनेसिया अनुसन्धान अधिकारीहरूले जाभा समुन्द‍्रमा १० टुक्रासहित फेला पारेको समाचार डेली मेलले उल्‍लेख गरेको छ। 
इन्डोनेसियाको सुराबाया सहरबाट सिंगापुरका लागि उडेको जहाज स्थानीय समयअनुसार बिहान ६:१७ देखि सम्पर्कविहीन थियो।  जहाज वेपत्ता भएसँगै खोजी गर्न सिंगापुर र इन्डोनेसियाका सैनिक विमान परिचालन गरिएका थिए।

सुराबाया उडेको केही समयपछि जाभा सागरमाथिबाट अन्तिमपटक उक्त जहाज एअर ट्राफिक कन्ट्रोलरको सम्पर्कमा आएको थियो। विमानस्थलका अधिकारीहरूका अनुसार सम्पर्क टुट्नुअघि पाइलटले पूर्वनिर्धारित रुटभन्दा फरक मार्गमा उड्ने अनुमति मागेका थिए।

इन्डोनेसियाको यातायात मन्त्रालयको उड्डयन विभागका अधिकारीका अनुसार ३२ हजार फिटमा उडिरहेको जहाजका चालकले आकाशमा बाक्लो बादल लागेका कारण ३८ हजार फिटभन्दा माथि लैजान अनुमति मागेका थिए।


जहाजमा एक सय ५५ यात्रु र चालक दलका सात सदस्य गरी एक सय ६२ जना थिए। यीमध्ये एक सय ५५ इन्डोनेसियन नागरिक, एक बेलायती, एक मलेसियन, एक सिंगापुरे र तीन दक्षिण कोरियाली थिए। चालक दलका सदस्यमध्ये एक फ्रेन्च र बाँकी इन्डोनेसियन समेत थिए। यस्तै यात्रुमध्ये १६ बालबालिका र एक नवजात शिशु थिए।

बेपत्ता भएको खबर पाएलगत्तै सिंगापुरमा यात्रुका आफन्त जम्मा भएका थिए तर विमानस्थलका अधिकारीहरूले विमान अवतरण नहुनुको कारणबारे सूचना दिएनन्। सुराबाया विमानस्थलमा पनि जहाज र यात्रुबारे जानकारी पाउन आफन्त भेला भएका थिए।


एअर एसियाका प्रमुख कार्यकारी अधिकृत टोनी फर्नान्डेजे ट्विट गर्दै जहाज र यात्रुको कुशलताको कामना गर्न सबैलाई आग्रह गरेका थिए। जहाज बेपत्ता भएपछि एअरलाइन्सले इन्टरनेट र सामाजिक सञ्जालमा लोगोको रङ परिवर्तन गरेर रातोबाट खैरो बनाएको थियो।

एअर एसिया इन्डोनेसियाको ४९ प्रतिशत सेयरमा मलेसियाबाट सञ्चालन हुने एअर एसियाको हो। यो एअरलाइन्सले इन्डोनेसियाको आन्तरिक तथा मलेसिया, सिंगापुर, अस्ट्रेलिया र थाइल्यान्डमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ।

युरोपियन युनियनले यो एअरलाइन्सलाई सुरक्षाको कारण देखाउँदै सन् २००७ मा प्रतिबन्धित गरे पनि सन् २०१० मा फुकुवा गरेको थियो। एअर एसिया दक्षिणपूर्वी एसियाली एअरलाइन्समध्येमा सबैभन्दा सुरक्षित मानिन्थ्यो। मलेसियामा केन्द्र भएको यो एअर एसियाले करिब सय गन्तव्यमा सेवा पुर्‍याउँदै आएको छ।

मलेसियामा आधारित एसियाको जहाज दुर्घटना भएको एक वर्षभित्र यो तेस्रो घटना हो। यसअघि क्वालालम्पुरबाट बेइजिङका लागि उडेको मलेसियन एअरलाइन्सको एम एच ३७० जहाज गत मार्चमा दक्षिणी चीन सागरमा २३९ यात्रुसहित बेपत्ता भएको थियो।

यो जहाजको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन। यस्तै आम्स्टर्डमबाट क्वालालम्पुरका लागि उडेको मलेसियन एअरलाइन्सकै अर्को एम एच १७ जहाज गत जुलाईमा विद्रोहीहरूले युक्रेनमा खसाउँदा दुई सय ९८ को ज्यान गएको थियो।






पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments