Hindi Films

२ सय अफगानी विद्रोहीले गरे आत्मसमर्पण

Unknown | 19:51 | 0 comments


  
 
सिबेर्घान: अफगानिस्तानको जावजान प्रान्तमा बुधबार  करिब २०० विद्रोहीले आत्मसमर्पण गरेका छन् । मवलावी नेमातुल्लाहको नेतृत्वमा रहेका २०० विद्रोहीले सरकारसमक्ष आत्मसमर्पण गरेको अधिकारीहरुले जानकारी दिएका छन् । 
 
प्रान्तीय राजधानी सिबेर्घानमा २०० भन्दा बढी विद्रोहीले सरकारसमक्ष आत्मसमर्पण गरेको प्रान्तीय स्रोतले जनाएको छ । अफगानिस्तानका पहिलो उपराष्ट्रपति जनरल अब्दुल रसिद दोस्तुमले ती पूर्व विद्रोहीहरुलाई एक समारोहबीच स्वागत गरेको जनाइएको छ । 

 ती पूर्व विद्रोही दजाब र क्युइस टिपा जिल्लाका गत दुई वर्षदेखि आतङ्ककारी क्रियाकलापमा सक्रिय रहँदै आएका जनाइएको छ । सरकार समक्ष आत्मसमर्पण गरेका ती पूर्व विद्रोहीहरुले शक्तिशाली  हातहतियारसहित आत्मसमर्पण गरेका जनाइएको छ ।      
 
 
गत सोमबार पनि जावजान प्रान्तमा ८० भन्दा बढी आतङ्ककारीले अफगान सरकारको शान्ति प्रक्रियामा सहभागी हुने समर्पणकासाथ आत्मसमर्पण गरेका थिए । अफगानिस्तानमा विगत १३ वर्षदेखि शान्ति सुरक्षा दिँदै आएको नेटो सैनिक आजैदेखि स्वदेश फर्किएका छन् । 
 
त्यसैले पनि विश्वका कतिपय देशले सन् २०१४ पछिको अफगानिस्तानको सुरक्षाका बारेमा  चासो र चिन्ता व्यक्त गर्दै आएका छन् । 
 

Category:

0 comments