‘दर्शकलाई यसरी धरधरी रुवाए बद्रीले’
|
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पर्वत, १३ पुस । शंकरपोखरीकी चन्द्रकला क्षेत्रीका दुईवटा छोराहरु रोजगारीका लागि खाडी मुलुकमा छन् । तीन वर्ष भयो उनिहरु फर्केका छैनन् । चाडवाड तथा पुजापाठमा छोराहरु घरमा नहुँदा परिवारमा खल्लो महसुस भैरहेको छ । एकातिर गरिबी अर्कोतिर नेपालमा भनेजस्तो जागीर नपाउँदा युवाहरु विदेशीन बाध्य भइरहेका छन् । जव लोकगायक बद्री पंगीनी स्टेजमा उक्लेर त्यस्तै पिडाका कुराहरु गरे नेपालमा रोजगारीको अभाव हुँदा थुप्रै युवा युवतीहरु प्रचण्ड गर्मीमा पसिना बगाउन बाध्य छन् । पसिनासँग पैसा साटेर घर पठाउँछन् अनि घरपरिवारको गुजारा चल्छ, न भनेको समयमा बिदा पाईन्छ । अझ कतिपय त घाईते भएर फर्कनेहरु छन् भने कतिपय उतै अन्तिम सास फेरेर बाकसमा फर्किन्छन् । यस्तैयस्तै कुरा गर्दै पंगीनिले गीत गाउँन शुरु मात्रै के गरेका थिए क्षेत्रीका आँखाबाट बग्रेल्ती आँशु झर्न थाले ।
‘आमा बिदा पाईएन,
अहिलेको सालपनि आमा घरमा आइएन’
बोलको गीत गाउँदा क्षेत्री भक्कानै छोडेर रुन थालिन । स्टेजमा गाएका बद्रीले दर्शक रोएको देखेपछि तल झरेर बृद्ध अवस्थाकी क्षेत्रीलाई नरुनुस आमा भन्दै आँसु पुछिदिए । त्यसपछि उनले गीत गाईरहँदा थुप्रै आमाहरु र वैदेशिक रोजगारीमा पुगेका युवाहरुका श्रीमतीहरुका आँखा पनि ओवाना रहेनन् । महोत्सवमा सहभागि हजारौ दर्शकका आँखावाट आँशु खसेको देखिन्थ्यो । अनि उक्त गीत गाईसकेपछि पंगेनीले भने यो नेपालको यथार्थ हो रोजगारीका लागि बिदेशिनु वाध्यता हो ।
पुन पंगीनीले त्यस्तै पिडाको अर्को गीत पनि गाए ।
‘लाउँ चेली सिंदुर लाऊ,
निको पार हृदयको घाउ’
जुन गीतमा एकल महिलाहरु र तत्कालीन माओवादी युद्धका बेला वेपत्ता पारिएका र आफन्तजन गुमाएकाहरु रुन थाले । पंगीनीले गीत नसक्ने बेलामा उनिहरुका आँखाबाट बग्रेल्ती आँशु झरे । सवैले मन अमिलो बनाएको देखेपछि पंगीनीले पुन सान्वना दिए । वेपत्ता पारिएका, अङ्गभङ्ग भएका, आफन्त गुमाएका परिवारहरुलाई राज्यले विशेष व्यवस्था गर्न पनि उनले माग गरे । सँगै उनले अर्को गीत पनि गाए । जुन गीत थियो ‘अझैनि लोकतन्त्र आको छैन है, जनताले भने झै भाको छैन है’ संविधान निर्माणको संघारमा पंगीनीले गाएको यो गीतले महोत्सवमा सहभागि २० हजार भन्दा बढि दर्शकरुले ताली बजाएर साथ दिए र वान्स मोर वान्स मोर भन्न थाले ।
पर्वतको सदरमुकाम कुश्माबजारमा संचालित चौथो कफी, लप्सी तथा सुन्तला महोत्सवको चौथो दिन शनिवार परेकोले पनि होला अन्य दिन भन्दा दर्शकको उल्लेख्य चाप बढेको छ । पंगीनीले अन्य गीतहरु पनि गाए रातो पछ्यौरी अनि तातो पछ्यौरी, ससुरालीमा, मन थिएन जोगी बन्नलाई लगायतका गीतहरु गाए । उनको प्रस्तुतीले दर्शकहरुलाई निकै आकर्षक र मन छोएको दर्शकहरुको भनाई छ । महोत्सवमा हेमन्त शर्मा, प्रिति आले, विमलराज क्षेत्री, राजेन्द्र सापकोटा, निशा पोखरेल, कुलेन्द्र विश्वकर्मा, कृष्णा गुरुङ, विष्णु खत्री, सम्झना लामिछाने, कृष्ण अखेली लगायत २५ भन्दा बढि राष्ट्रिय तथा स्थानिय स्तरका विभिन्न विधाका कलाकारहरुको प्रस्तुती रहने बताइएको छ ।
सात दिन सम्म संचालन हुने महोत्सवमा दर्शकहरुको ओईरो लागेको छ । महोत्सव अवलोकन गर्नका लागि विभिन्न जिल्लाका साथै गाउँ गाउँदेखि दर्शकहरु सहभागि भएका हुन् । महोत्सवको चौथो दिन शनिवार सम्म ८० लाख भन्दा बढिको कारोबार भएको मुल आयोजक समितिले जानकारी दिएको छ । शनिवारमात्रै ५० लाख भन्दा बढिको कारोबार भएको महोत्सव मुल प्रचार प्रसार समितिका संयोजक ठाकुरवि पौडेलले जानकारी दिए ।
शनिवारमात्रै ५० हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् । सार्वजनिक विदाको दिन परेकोले पनि दर्शकहरुको चाप अत्याधिक उर्लेको मुल संयोजक शिवशर्मा पौडेलले जानकारी दिए ।
कलाकारहरुको प्रस्तुती हेर्ने दर्शक सँगसँगै स्टल र रमाईलो मेला अबलोकन गर्नेहरुको पनि भिड बढेको छ । एक सय भन्दा बढि स्टलहरुमा दुई सय ५० भन्दा बढी लघु उद्यमीका उत्पादन गरेका सामाग्रीहरु बिक्रिवितरण भैरहेको छ । स्थानीय उत्पादनको उपभोग गरौ, लघु, घरेलु उद्यमीलाई प्रोत्साहन गरौ भन्ने नाराका साथ सुरु भएको महोत्सवमा एक करोड ५० लाख रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा खासगरी पर्वतमा उत्पादित कफी, लप्सी र सुन्तला, त्यसका विभिन्न परिकारहरु, अल्लोका कपडा,भूईस्याऊ लोक्ताको नेपाली कागज, हस्तकलाका सामाग्री, मह, जडिबुटी, ट्राउट माछा र अन्य कृषि उत्पादनहरु प्रदर्शनीमा दर्शकहरुको निकै भिड लागेको छ ।
महोत्सवमा संचालित रत्यौली प्रतियोगितामा २२ समुहले नाम दर्ता गराएका छन् । भने गाविस स्तरीय भलिवल प्रतियोगितामा २० समुहले टिम दर्ता गराएका छन् । दुवै प्रतियोगिताहरु संचालन भैरहेको आयोजकले जनाएको छ । महोत्सव १५ गते समापन हुने भएको छ ।
source: sahayatree
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: CelebrityNews And Gossips
0 comments