Hindi Films

वेश्यावृत्तिका लागि दिल्ली हुँदै दुबई पुर्‍याइन्छन् नेपाली युवती

Unknown | 05:10 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौँ । भारतीय खुफिया एजेन्सी सीबीआईले सन् २०१४ को अन्तिमसम्ममा ८ हजार नेपाली युवतीलाई तस्करहरुले दिल्ली हुँदै दुबई पुर्‍याएको खुलासा गरेको छ । भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) को नेतृत्वमा अन्य एजेन्सीहरु संलग्न अन्तर्राष्ट्रिय अपरेशनमा नेपाली युवतीहरुलाई खाडी मुलुकमा वेश्यावृत्तिका लागि पुर्‍याउने तस्कर गिरोह सक्रिय रहेको खुलासा भएको छ ।उक्त गिरोहले २० देखि ३० वर्ष उमेर समूहका नेपाली युवतीहरुको तस्करीका लागि दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई प्रयोग गरेको जनाएको छ । सीबीआईले भारतको विदेश मन्त्रालय, गृह मन्त्रालय, अध्यागमन विभाग, विदेशी नागरिक दर्ता कार्यालय र नेपाली अधिकारीहरुलाई समेत इन्टरपोलमार्फत उक्त गिरोहका बारेमा जानकारी गराएको छ ।स्रोतले जनाए अनुसार अनुसन्धानमा एयर इण्डिया, कतार एयरवेज, अध्यागमन ब्यूरो, विदेशी नागरिक दर्ता कार्यालय र १५ वटा ट्राभल एजेन्सी मार्फत सूचना संकलन गरिएको थियो । “दलालहरुले नेपाली युवतीलाई दुबई हुँदै केन्या जाने भन्दै त्यहाँको भिसा, होटेल रिजर्भेसन र हवाई टिकट बुकिङसहित दुबईसम्म पुर्‍याउने गर्छन तर, दुबई पुगेपछि होटेल र हवाई टिकट रद्द गर्दा रहेछन्,” स्रोतले भन्यो । यद्दपी युवतीहरुसँग दुबईमा काम गर्ने भिसा समेत हुने गरेको तर, त्यो लुकाउने गरेको अनुसन्धानमा खुलेको छ । स्रोतले दाबी गरे अनुसार केन्याको हवाई टिकट रद्द भएपछि युवतीहरु दलालको सम्पर्कमा पुग्छन् र तीनमहिनासम्म दुबई बसेर फर्कन्छन् । नेपालीहरु दुबई सजिलैसँग जाने भए पनि केन्यासम्मको भिसा किन चाहियो भन्ने प्रश्नमा ती अधिकारीले भने, “नेपालमा महिलालाई कामका लागि दुबई जानु सामाजिक रुपमा राम्रो मानिंदैन र त्यहाँको प्रशासनले पनि त्यसो गर्नबाट रोक लगाउँछ, त्यसैले उनीहरुले केन्याको भिसा लिने गर्छन् ।” स्रोतका अनुसार जुलाई २०१४ मा ७६ जना नेपाली युवतीहरु एअर इण्डियाको विमानबाट दुबई हुँदै केन्याको नैरोबी जाँदै गरेको सूचना पाएपछि शुरु गरिएको अनुसन्धानमा युवतीहरु दुबईमै रहने गरेको पाइएको हो । “त्यसबेला युवतीहरुसँग सबै आधिकारिक कागजात भएकाले हामीले कुनै कार्वाही गर्न सकेनौं,” अनुसन्धानमा संलग्न अधिकारीले भने ।उनका अनुसार सीबीआईले भारतको विदेशमन्त्रालय र गृहमन्त्रालयलाई तस्करहरुले युवतीलाई खाडी मुलुक पुर्‍याउने बारे सचेत गराएको जनाए । “विभिन्न च्यानलबाट युवतीहरु खाडी मुलुकमा पुर्‍याउने गिरोहले दिल्लीको विमानस्थललाई ट्रान्जिट प्वाइन्टका रुपमा प्रयोग गरेको थाहा भएको छ । हामीले विदेशमन्त्रालयलाई भारतीय र अन्य सार्कमुलुकका युवतीहरुलाई पनि त्यसरी खाडी मुलुक पुर्‍याइने गरिएको हुनसक्छ भनेर सचेत रहन आग्रह गरेका छौं,” अनुसन्धानमा संलग्न अधिकारीले भने । टाइम्स अफ इण्डियाबाट साभार
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments