बेसहारा दाजुभाइको भग्नावशेषमा बास
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
जुम्रीकाँढा (प्यूठान), पुस २३ - ४ वर्षयता जुम्रीकाँढा ९, ढाडछापका १४ वर्षीय बिनोद र उनका ११ वर्षीय भाइ दिनमणिको बास घरको भग्नावशेषमा भएको छ। उनीहरू भत्केर बाँकी रहेको एउटा कोठामा बस्छन्। पानी पर्दाको दिन गाह्रो भत्केर च्याप्ने डरले निदाउन सक्दैनन्। यो साता तीन दिन लगातार परेको वर्षा रोकिएर सोमबार घाम लागेपछि उनीहरू ओढ्ने र ओछ्याउने कपडा बाहिर सुकाएर निन्याउरो अनुहारमा घाम तापिरहेका भेटिए। जाडोमा ओड्ने कपडा छैन, भएको पनि पानीले भिजायो,' बिनोदले कान्तिपुरसित भने, 'आज घाम लागेकाले केही राहत मिलेको छ।' सानोमा खेल्दै गर्दा खुट्टा भाँचिएको र उपचार नगरेकाले घाउ बल्भिmएकाले उनी राम्रोसँग हिंड्नसमेत सक्दैनन्।
भाइ एक्लै जंगलमा गएर दाउरा खोज्न नसक्ने बताउँदै उनले भने, 'अरूको काम गर्न सक्दासम्म जहाँ काम गर्यो त्यहीं खान्थ्यांै। काम गर्न नसक्ने भएपछि समस्या झन थपिएको छ।' दाहिने खुट्टा भाँचिएको र देब्रे खुट्टाको पैतलामा घाउ निस्केकाले काम गर्न नसक्ने बिनोदले बताए। भाइ पनि चिसोले बेलाबेलामा बिरामी हुन्छन्। पाएको दिन मागेर खाने र नपाएको दिन भौकै बस्ने गरेको उनले बताए।
दिनमणि १ वर्षको हुँदा आमाको मृत्यु भएको थियो। त्यसपछि हजुरबुबाले अरूको काम गरेर जेनतेन नातिहरूलाई हुर्काएका हुन्। बुबाले खासै हेरचाह गर्दैनथे। उनी पनि चार वर्षअघि भारत गएको र बेखबर बनेपछि उनीहरू बेवारिसे बनेका छन्। घर नछाएकाले भत्किएको र खेतबारी बाँझिएको छिमेकी यमि बुढाले बताइन्। 'हजुरबाको मृत्यु भएपछि केटाहरूको झन बिजोक भो,' छिमेकी यमिले भनिन्, 'पढाइ पनि छाडे। स्याहार गर्ने कोही छैनन्।' उनका अनुसार बुवा यमबहादुर गत वर्ष चार दिन घरमा आएर फेरि भारतको गंगानगर गएको सम्पर्कमा छैनन्।
पुसको पहिलो साता गाउँका निरज भण्डारीले दयनीय अवस्था देखेर एक कट्टा चामल ल्याइदिएका छन्। त्यही चामल पकाएर भाइलाई छिमेकीकोमा मोही माग्न लगाएर खाने गरेको बिनोदले बताए। चामल ल्याइदिने दाइले बुबा मेरो सम्पर्कमा रहेको भनेकाले पैसा पठाइदिन भनेको बताए। छिमेकीहरू तीन महिनाभन्दा बढी आफूले उब्जाएको खान नपुग्ने बताउँछन्। सबैले खोजेर खानुपर्ने भएकाले दया लागे पनि सधैं बोलाएर खान दिन नसकेको छिमेकी ददिराम भण्डारीले बताए। 'उनीहरूले कहिल्यै तरकारी पकाएर खादैनन्,' ददिरामले भने, 'दया लागेर कहिलेकाहीं दिन्छौँ, सधैँ पुर्याउन सकिंदैन।' दिनमणि छिमेकी साथीहरूसँग कहिले चरा मार्न जाने र पोलेर खाने गरेको भण्डारीले बताए। बिनोदको अपांग परिचयपत्र पनि बनेको छैन।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments