Hindi Films

स्तन टाइट र सेक्सी बनाउन सिलिकन राख्ने नेपाली हिरोइनको स्तन झन् झोल्लिएपछी >>>>

Unknown | 03:26 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
स्तनमा सिलिकन राख्ने नेपाली हिरोइन को होलिन ? स्तन टाइट र सेक्सी बनाउन सिलिकन राख्ने नेपाली हिरोइनको स्तन झन् झोल्लिएपछी >>>>
काठमाडौं १९ पुस । सुन्दर अनुहार, राम्रो जीउडाल र राम्रै अभिनय क्षमता भएकी नवोदित हिरोइन। उनले काम पाएकै थिइन्। दाम पनि कमाइरहेकी थिइन्। तर, उनले एउटा शारीरिक कमी महसुस गरेकी रहिछिन्। उनलाई आफ्नो स्तनको आकार सानो भएकोमा नमज्जा लागेको रहेछ। ‘स्तनचाहिँ ज्यान अनुसार नभएको’ भन्ने साथीहरूको प्रतिक्रियाले उनी खिन्न भइरहेकी थिइन्। कला क्षेत्रमा उक्लिँदै गरेकी उनलाई वक्षको साइजकै कारण किन तल पर्ने भन्ने लाग्यो। र, उनले ‘ब्रेस्ट इम्प्लान्ट’ गर्ने योजना बनाइन्। स्तन इम्प्लान्ट गरेको केही दिनपछि उनले शुक्रवार संवाददातालाई ‘म समस्यामा परेँ’ भन्दै फोन गरिन्। आफ्नो सुन्दरतालाई निखार दिन उनले स्तनभित्र सिलिकन राखेकी रहिछन्। तर, त्यो राख्ने क्रममा भएको गडबडीले समस्या आएको रहेछ। तुरुन्तै कस्मेटिक सर्जन डा. जसवन शाक्यसँग उनलाई भेटाइयो। ती अभिनेत्री समयमै डाक्टरको सम्पर्कमा आएकाले जटिल समस्या आउनबाट त जोगिइन्। तर, स्तन ठूलो बनाउने उनको सपना मात्रै चकनाचुर भएन, चार लाख रुपैयाँ पनि खेर गयो। थुप्रै हलिउड, बलिउड अभिनेत्रीले ब्रेस्ट इम्प्लान्ट गरेर शरीरको स्वरूप सुन्दर र सेक्सी बनाएको समाचार पढेकी थिइन् उनले। उनी पनि त्यसै गर्न लालायित भइन्। ब्रेस्ट इम्प्लान्ट गर्ने राम्रो ठाउँबारे सोधखोज गर्न थालिन्। इन्टरनेटमा ‘गेट द्याट पर्फेक्ट सेप विद ब्रेस्ट सर्जरी’ नारा लेखिएको डा. शोभाको पेजमा पुगिन्। ‘गोपनीयता पनि कायम रहने र नजिक पनि हुने भएकाले नयाँ दिल्ली पुगेर ब्रेस्ट इम्पलान्ट गरेर आएकी थिएँ,’ उनले भनिन्। उनको स्तनको आकार वृद्धिसँगै झन् सुन्दर देखिने सपना विपनामा परिणत नहुँदै तुहिन पुग्यो। ‘सिलिकन राख्न स्तनमुनि बनाइएको घाउबाट सिलिकन देखिन थालेपछि सुरुमा यस्तै होला भनेर वास्ता गरिनँ,’ उनले भनिन्, ‘निको नहुने संकेत देखेपछि आत्तिएँ। यो कुरा इम्प्लान्ट गर्ने डाक्टरलाई भनेपछि उनले तुरुन्तै नजिक रहेका कस्मेटिक सर्जनलाई भेट्न भने।’ हाल निको भएर काममा फर्किसकेकी उनी यसका कारण भविष्यमा कुनै समस्या देखिन्छ कि भनेर त्रसित छिन्। पहिलेभन्दा स्तन थप झोल्लिँदा कतै अब यस्तै रहने हो कि भन्ने त्रास पनि छ। तर, डा. शाक्य भन्छन्, ‘सिलिकन निकालेर फालेको केही समयमै स्तन पुरानै आकारमा आउँछ।’ उपचारपश्चात शुक्रवारकर्मीको सम्पर्कमा आएकी उनी मानसिक तनावमा रहेको उनको बोली र व्यवहारबाट प्रस्टै देखिन्थ्यो। लिंगमा पनि सिलिकन कस्मेटिक सर्जरी धेरै गरिने देशमा कोरिया पनि पर्छ। सानो लिंगले कम र ठूलो लिंगले बढी यौन सन्तुष्टि दिने भ्रम पालेर बसेका एकजना नेपाली युवाले लिंगमा सिलिकन राखे। कामको सिलसिलामा कोरिया पुगेका उनले लिंगमा सिलिकन राखेर मोटाइ र लम्बाइ बढाएर यौन पार्टनरलाई बढी सन्तुष्टि दिने र आफू पनि सन्तुष्ट हुने रहर यत्तिकै फासफुस भयो। लामो समयसम्म कामको सिलसिलामा कोरिया बसेका उनले नेपाल फर्किने समयमा लिंगमा सिलिकन राखेका थिए। तर, सिलिकन राख्ने प्रक्रियामा भएको गडबडीका कारण यता फर्किनेबित्तिकै समस्या आयो। उनी पनि प्लास्टिक सर्जनको खोजी गर्दै डा. शाक्यकहाँ पुगेका थिए। शल्यक्रिया गरी सिलिकन निकालेर फालिदिएको डा. शाक्यले बताए। किन हुन्छ यस्तो ? विश्वमा धेरै पहिलेदेखि सर्वसुलभ भएको स्तन इम्प्लान्ट नेपाल र नजिकैको देश भारतमा पनि सहज भएपछि यसतर्फ धेरै आकर्षित भएका छन्। पत्रपत्रिका र विभिन्न वेबसाइटमा आकर्षक विज्ञापन गरेर आफूले गरेको इम्प्लान्टले ‘कसैको जीवन सार्थक’ भएको अर्थ लाग्ने खालका सन्देश प्रवाह गर्नेहरू पनि बढेका छन्। यस्तो सर्जरी गरेर आफूलाई ‘पर्फेक्ट’ देखाउन चाहने भए पनि यस विषयमा खुल्न नसकिने सामाजिक बाध्यताका कारण यस्ता समस्या आइरहेका छन्। सन् २००९ देखि नेपालमै स्तन प्रत्यारोपण गरिरहेका डा. शाक्य यसबारे भरपूर जानकारी लिएर मात्रै अघि बढ्न सुझाउँछन्। भन्छन्, ‘तर, सकेसम्म कसैले थाहा नपाओस् भनेर लुकाउने प्रवृत्तिले समस्या आइरहेको छ।’ धेरै सोधखोज गर्दा अरूले पनि थाहा पाउने र आफ्नो कमजोरी पनि पत्ता लाग्ने भएका कारण गोप्य ढंगले गर्ने डाक्टर र गराउने ठाउँबारे सोधखोजै नगरी इम्प्लान्ट गर्दा फेल हुनुका साथै स्वास्थ्यलाई हानि गर्ने डा. शाक्य बताउँछन्। इम्प्लान्ट निकै होसियारीपूर्वक गरिने प्रक्रिया हो। डा. शाक्यका अनुसार यो कालिगढले मूर्ति बनाउँदा ध्यान दिएजस्तै काम हो। इम्प्लान्ट गर्दा सिलिकन डल्लो पर्योश वा राखेको मिलेन भने यसले समस्या निम्त्याउन सक्छ। इम्प्लान्ट गर्दा चिरेको घाउ पाक्न थाल्यो भने तुरुन्त सिलिकन निकाल्नुपर्ने हुन्छ। डा. शाक्यका अनुसार ती अभिनेत्रीको सिलिकन राखेको घाउ निको भएको थिएन। ‘राख्नेले पनि होसियारी नअपनाएको र राखेपश्चात ध्यान दिनुपर्ने कुरामा ती अभिनेत्रीले ध्यान नदिएको देखिन्छ,’ डा. शाक्यले भने। इम्प्लान्ट गरेपछि एक महिनासम्म एक्सरसाइज पूर्ण रूपमा निषेध गर्नुपर्ने उनले बताए। त्यसैगरी इम्प्लान्ट गर्ने ठाउँ र व्यक्तिको बारेमा राम्ररी बुझेर मात्रै अघि बढ्न उनी सुझाउँछन्। ‘अहिले इन्टरनेटको जमाना हो, धेरै कुरा त्यहीँ पढ्न पाइन्छ। त्यसका फाइदा÷बेफाइदा हुन्छन्। सबै पढेर डाक्टरसँग सल्लाह गर्ने र जिज्ञासा मेटाएर मात्रै प्रक्रियामा जानुपर्छ,’ उनले भने। इम्प्लान्ट गर्ने डाक्टर कत्तिको अनुभवी र जान्ने छन् भन्ने बारे उनको सफल र असफल केस स्टडी गरेर पत्ता लगाउनुपर्ने उनी बताउँछन्। – नागरिक/शुक्रबार
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments