झन् उत्तेजक बन्दै लोकगायिका ज्योती, दर्शकले लेखे ‘आइ लभ यु’
|
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
टोक्यो । ‘जिम्मालबाकी छोरी’ भन्दै स्टेज कार्यक्रममा आफ्ना उत्तेजक हर्कत देखाएर चर्चामा आएकी लोकगायिका ज्योती मगर झन हौसिएकी छिन् ।
स्वदेशभित्रका केही कार्यक्रममा ज्योतीको उत्तेजक हाउभाउप्रति दर्शकले तत्कालै बिरोध जनाए पनि ज्योतीले त्यसलाई केही फरक पारेको छैन् ।
बिहीबार जापानको राजधानी टोक्योमा आयोजित कार्यक्रममा उनी सोही गीत झन् उत्तजेक रुपमा प्रस्तुत भइन् । उनको नृत्य शैली हलिउड गायिका बि्रटनी स्पेयर्स र माइली साइरसको झैं देखिन्थ्यो ।
तर, ज्योतीले टोक्योका दर्शकबाट बिरोधको सामना गर्नु परेन् । उनको हाउभाउ देखेर पाको उमेरका दर्शकले नाक खुम्चाए पनि तन्नेरीहरुले राम्रैसित जोस भरिदिए ।
सुरुमा मगर भेषभुषामा स्टेजमा उत्रेकी ज्योती निकै सभ्य रुपमा प्रस्तुत भएकी थिइन् । केही गीत गाएर स्टेजवाट बाहिरिएकी ज्योति दास्रो पटक भने विल्कुल भिन्न गेटअपमा प्रस्तुत भइन् ।
छात्ती निकै खुल्ला भएको ब्लाउज लागाएकी ज्योतीले लेहंगा लगाएकी थिएन्, उनको पोशाक हेर्दा लग्थ्यो उनी केबल तीघ्रा देखाउन चाहन्छिन् । कार्यक्रमा गायक सुगम पोखरेलले पनि विभिन्न गीत प्रस्तुत गरेका थिए ।
सुगमको गीत सुनेर मनोरञ्जन लिने दर्शकहरुले ज्योतीको भने गीतमा भन्दा ज्यानमै धेरै ध्यान दिएका थिए । ज्योतीको हर्कत देखेर हौसिदै कागजमा ‘आइ लभ यु’ लेख्ने तन्नेरीको संख्या धेरै थियो ।
पश्चिमाञ्चल दृष्टिबिहीन बिद्यार्थीको सहयोगार्थ बलेवा सेवा समाज जापान र अन्तराष्ट्रिय नेपाली समाजको संयुक्त आयोजनामा भएको कार्यक्रममा ज्योतीले केही चर्चित गीत गाएकी थिइन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: CelebrityNews And Gossips
0 comments