Hindi Films

न्यायाधीश हत्याका मुख्य अभियुक्त थापाको यस्तो छ विगत

Unknown | 02:45 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं,पुस २० – मधेस आन्दोलन उत्कर्षमा पुगेका बेला सर्लाहीको हरिवनमा पहाडी समुदायले चुरेभावर राष्ट्रिय एकता पार्टी बनाएर अर्को आन्दोलन गरे । आन्दोलन गर्न युवादस्ता परिचालन गर्ने मुख्य भूमिकामा थिए बाबु भनेर चिनिने मेघबहादुर थापा । २०६३ साल फागुनतिर चुरेभावर प्रदेश माग गर्दै गठन भएको उक्त पार्टीमा नेपाली कांग्रेसका नेता केशब मैनाली अध्यक्ष भए । पार्टी अध्यक्ष जो भए पनि युवाको नेतृत्व गर्ने थापा निर्णाक र सर्वेसर्वा थिए । उनको सहमतिबिना कुनै निर्णय वा काम हुन सम्भव थिएन । सुरुवातमा लगभग पार्टीका सबै आन्दोलन उनले नै हाँकेका थिए । लगातार हुने राजमार्ग बन्द उनकै भूमिकामा सफल भएको थियो । उनको बन्दमा केही पनि चल्न सक्दैनथ्यो । अध्यक्ष मैनालीले छाड्न सिफारिस गरेकालाई पनि उनी रोक्थे । पार्टीमा उनकै दादागिरी चल्थ्यो । चुरेभावर गठनअघि गाउँघरमा मात्रै चिनिएका थापा सशक्त आन्दोलनको अगवाइ गरेकी कारण देशव्यापी पहिचान बनाउन सफल भए । उनको पहिचान राजनीतिकभन्दा पनि लडाकुको थियो । राजनीतिक आडमा उनको दादागिरी निकै फस्टायो । आन्दोलन हाँक्ने शक्ति र स्रोत उनैले जुटाउने भएकाले उनको निर्णय सबैले मान्थे । अघोषित पार्टी प्रमुख उनी नै थिए । थापा पछि पार्टीको बरिष्ठ उपाध्यक्ष पनि भए । ढुंग्रखोला गाविसको मिलनचोक बस्ने थापा चुरेभावर लडाकु दस्ता ‘शान्ति सेना’ को कमान्ड गर्थे । सयौं युवा एकैपटक जुटाउन सक्ने क्षमताले उनलाई लगातार पार्टी र पहाडी बहुल राजमार्ग क्षेत्रमा बलियो बनाइराख्यो । चित्त नबुझ्दा जोसुकैसँग जाइलाग्ने स्वभावका कारण उनको डर व्याप्त थियो । आन्दोलतरत पार्टीलाई वार्तामा बोलाउँदा थापा पनि सदस्य थिए । उनी २०६४ सालमा धनुषाबाट संविधानसभा उम्मेदवार भएर पनि पराजित भएका थिए । चुरेभावरले गरेको आन्दोलनपछि बनेको दबदबालाई उनले आम्दानीको माध्यम बनाए । ठेक्कापट्टामा उनले राजनीतिक आवरणमा भरपुर शक्ति प्रयोग गरे । आजको कान्तिपुर दैनिकमा खबर छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments