बालुवाटारमा बबाल, नेताहरुले असभ्य भाषा नै प्रयोग गरे
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२३ पुस, काठमाडौं ।
राज्य पुनर्सरचना गर्दा जिल्ला टुक्राउनेकी नटुक्राउने भन्ने विवादले दलहरुबीच चर्काचर्की भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र मधेसी मोर्चाको बैठकमा मधेस प्रदेशमा कुन कुन जिल्ला राख्ने भन्ने विषयमा दलहरुबीच चर्काचर्की भएको हो । आजको बैठकलाई निर्णायक बनाउने भन्दै छलफलमा जुटेका नेताहरुले बैठकपछि सहमतिको वातावरण झनै बिग्रेको नेताहरुले बताएका छन् ।
मधेसी मोर्चाले बैठकको सुरुमै झापा, मोरङ, सुनसरी जिल्लालाई मधेस प्रदेशमै राख्नुपर्ने प्रस्ताव गरेपछि एमालेले अस्वीकार गरेको थियो । मोर्चाको तर्फबाट तमलोपाका अध्यक्ष महन्थ ठाकुरले तराईका झापा, मोरङ, र सुनसरीलाई टुक्राउन नपाइने बताए पछि एमाले अध्यक्ष ओलीले सिधै अस्वीकार गरेका थिए । बैठकपछि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ओलीले असभ्य भाषा प्रयोग गर्दै ठाकुरलाई झपारे पछि बैठकमा सहमति हुन नसकेको र वातावरण थप बिग्रिएको बताए ।
कांग्रेस एमालेले कुनै पनि जिल्ला टुक्राउन नपाइने बताइरहेका छन् भने मधेस केन्द्रीत दलले झापा, मोरङ र सुनसरीलाई विभाजित गर्नु पर्ने अडान राखेका छन् । बैठकपछि एमाले अध्यक्ष केपी ओलीले समथर भूभाग मधेसमै राख्नुपर्ने मधेसवादी दलको प्रस्ताव बेकार भएको प्रतिकृया दिए । उनले राज्यको पुनर्संचरना जनताको पहुँचमा सेवा सुविधा पुर्याउने विषय भएको भन्दै संघीयता भौगोलिक र जातीय रुपमा विभाजन नभएको तर्क गरे । ‘उहाँहरु सम्मो जमिनभरी सबै चाहियो भन्नुहुन्छ । कहाकहाँ छ सम्मो जमिन ? क–कस्का आगन चाहिए ? आगन पनि सममै हुन्छ । ओलीले मधेसवादी दललाई कटाक्ष भने, छिमेकमा युपि विहार पनि दावी गर्नुहुने हो कि । सम्मो देखेपछि चाहिने हो भने । यस्ता कुराको कुनै तुक हुँदैन ।’
ओलीले आफ्नाहरु सहमतिबाटै संविधान जारी गर्ने प्रयासमा रहेको दाबी गर्दै प्रतिपक्षी दलहरु मोर्चाबन्दी गर्दै हिँड्नु, बैठकमै पाखुरा सुर्किन थाल्नुले उनीहरु संविधान बनाउन गम्भीर नदिएको पुष्टि भएको आरोप लगाए । ओलीले माघ ८ मै संविधान ल्याउने प्रयासमा लागिरहने बताए ।
एकीकृत माओवादी अध्यक्ष प्रचण्डले भने हिजो माओवादी, मधेसी मोर्चा र कांग्रेसको छलफल सकारात्मक भएकोले त्यहीबाट छलफल सुरु गरौं भनेर आफु केहीबेर बैठकभन्दा बाहिर गएर फर्कदा परिस्थिति बिर्गिएको प्रतिक्रिया दिए । ‘म एकैछिन बाहिर निस्कीएको त बैठकमा घोचपेच भइसकेको रहेछ, प्रचण्डले भने, मधेसवादी दलहरुले यो कुरालाई महसुस गर्नु पर्छ भनेका छन् । फेरी पनि हामी छलफल गरेर मिलाउँछौं ।’
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महत्वले झापा, मोरङ, सुनसरीलाई आपूmहरुले मधेस प्रदेशमा राखौं भन्दा एमाले अध्यक्ष ओलीले बेतुकको कुरा गर्ने, युपी, विहार बनाउन खोज्ने जस्ता अपमानजनक शब्द प्रयोग गरेको भन्दै आपत्ति जनाए । उनले आफूहरु विहारको राज्य पुनर्संरचना गर्न छलफलमा नबसेको भन्दै बार्ता असफल हुनुमा एमाले र एमालेका अध्यक्ष ओली दोषी रहेको महतोले बताए । फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवले पनि एमालेका कारण आजको वार्ता भाँडिएको आरोप लगाए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments