Hindi Films

आश्मालेे यसरी तौलिन् संयम र सलोनको अभिनय क्षमता

Unknown | 04:26 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आभाष’ नेपालका ६५ वटा हलमा चल्ने यसका निर्माता तथा वितरक गोविन्द शाहीले जानकारी दिएका छन् । चलचित्रलाई अन्तरराष्ट्रिय कलाकार मञ्चले विभिन्न ४० वटा भन्दा बढी देशमा देखाउने भएको छ । यसबाट निर्मातालाई करिब २५ लाख रुपैयाँ आउने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । यो चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । चलचित्रमा संयम पुरी, सलोन बस्नेत, निशा अधिकारी, आश्मा डीसी लगायतका कलाकारको अभिनय छ । निशा र संयम चलचित्रको प्रचारमा देखिएका छैन् । कार्यक्रममा नायिका आश्मा डीसीले सलोन र संयमको अभिनयको मापन गरिन् ।
उनले दुबै अभिनयमा उत्तिकै राम्रो भएपनि आफूले संयमलाई १० र सलोनलाई ९.५ दिने उनको तर्क छ । चलचित्रमा सलोनले सेन्टिमेन्ट्समा खेल्न नपाएकाले पनि पूर्ण अभिनय देखाउन नपाएको उनको भनाई छ । संयम आश्माका वास्तविक जीवनका प्रेमी पनि हुन् । आश्माले सलोनको प्रेम चर्चाले आफ्नो अभिनय क्षमता ओझेलमा परेको कुरालाई नकारिन् । उनले चलचित्र हेरेपछि दर्शकले यसको मापन गर्ने बताइन् । यूवालाई लक्षित गरिएको यो चलचित्रले मानिसले प्रेम पाउँदा, गुमाउँदा, अरुको साथ खोज्दा कस्तो आभाष गर्छ भनेर देखाउन खोजेको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments