Hindi Films

मैले कागजी बिहे गरेकी छैन : नीता ढुंगाना (भिडियो)

Unknown | 04:47 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ पुष २३
नायिका नीता ढुंगानालाई समयले कहिल्यै पनि प्रभाव पारेको छैन । समयको गतिमा हिँड्न नचाहने नीता सफलता र असफलताले आफूलाई प्रभाव नपार्ने बताउँछिन् । जीवनमा आएका थुप्रै कालखण्डमा विभिन्नखालका चर्चा र उप-चर्चाले उनलाई नछोएको होइन । चलचित्र ‘छ एकान छ’ हिट भयो, तर नीताले सोचेजस्तो जस पाइनन् । सायद यसैले होला उनी चलचित्रको सफलतापछि आयोजित पार्टीमा पनि देखिइनन् । नीताले यस बारेमा भनिन्-‘मैले काम गर्ने हो, चलचित्र हिट भएपछि हुने पार्टीमा आउनै पर्छ भन्ने छैन । म त्यतिबेला व्यस्त थिए र मलाई यस्ता खालका पार्टीको खासै मतलब पनि छैन ।’ यो उनको घमण्डीपना पनि हुनसक्छ । तर, नीता भन्छिन्-‘मानिस मलाई विभिन्न कोणबाट नियाल्न सक्छन्, कोही मलाई घमण्डी भन्छन् त कोही निक्कै मायालु । यसले मलाई फरक पार्दैन ।’ हङकङमा आयोजना भएको ‘नेफ्टा अवार्ड’मा कुनै पनि अवार्ड नजितेपछि नीतामा आक्रोश उत्पन्न भएको चर्चा पनि चलेको थियो । उनले आयोजकसँग असन्तुष्टि पोखेको चर्चा चलेको थियो । तर, उनले यसलाई अस्वीकार गरिन् । उनले भनिन्-‘म उत्कृष्ट ५ मा पर्नु नै अवार्ड पाउनु जस्तै हो । म त्यतिबेला यतिधेरै व्यस्त थिएँ कि, मैले आयोजकसँग हेल्लो भन्ने समय पनि पाएको थिइँन, असन्तुष्टिका कुरा मलाई थाहा छैन ।’ आमेषसँग प्रेममा नीता यतिबेला नयाँ कलाकार आमेष भण्डारीसँगको प्रेममा मस्त छिन् । आमेषसँग उनको प्रेम बसेको ३ बर्ष भैसकेको छ । तर, उनले केही दिनअघि मात्र यसलाई सार्वजनिक गरिन् । यो हतार थियो या आवश्यकता ? अनलाइनखबरको प्रश्नमा नीताले भनिन्-‘यो हामीले सल्लाह गरेरै सार्वजनिक गरेका हौ । समय आएपछि सार्वजनिक गर्ने हाम्रो योजनाअनुसार ३ बर्ष पर्खेर हामीले बाहिर ल्यायौं ।’ आमेषसँगको पहिलो भेटमा नै उनको मन बसेको थियो । यसैले उनले न कुनै एनआरएन रोजिन् न कुनै धनाढ्य व्यापारी । एउटा सांगीतक र चलचित्रको करिअरमा अगाडि बढ्दै गरेको युवक उनको मनको राजा बन्यो । बिहेको योजना के त ? अनलाइनखबरको अर्को प्रश्नमा ढुंगाना भन्छिन्-‘बिहेका लागि मेरो घरबाट केही दबाव छ । तर, हामी करिअरको एउटा उचाइमा पुगेपछि बिहे गछौर्ं ।’ बजारमा नीता र आमेषले कागजी बिहे गरेको चर्चा पनि चलेको छ । तर, नीताले यसलाई अस्वीकार गरिन् । ‘यो हल्ला मात्रै हो, प्रमाण छ भने ल्याउँदा हुन्छ’-उनले ठाडो चुनौती दिइन् । चलचित्रमै रम्ने सपना चलचित्र क्षेत्रमा नीताका साथी कम छन् । उनी, चलचित्रका थुप्रै नायिकासँग भिज्न सकेकी छैनन् । उनी यसलाई स्वभाविक मान्छिन् । सबैसँग नजिक हुन नसिकने उनको तर्क छ । ‘नोटबुक, छ एकान छ’ जस्ता हिट चलचित्र दिएकी यी नायिका चैत्र महिनामा ३ वटा चलचित्रको साथमा दर्शकमाझ आउँदैछिन् । यी ३ चलचित्र पनि हिट हुने उनको अपेक्षा छ । आफूलाई ‘संघर्ष गर्दै गरेकी नायिका’ भन्ने नीता जीवनको अन्तिम समयसम्म पनि चलचित्र नगरीमा लाग्ने इच्छा व्यक्त गर्छिन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments