उच्च रक्तचापको समस्या बाट ग्रसित हुनुहुन्छ?यी कुरा ख्याल गर्नुहोस !
|
काठमाडौं, अहिलेको बढ्दो अव्यवस्थित तथा शहरीया जीवनशैलीका कारण रक्तचापका रोगीहरूको संख्या निकै बढ्दै गएको छ । रक्तचापका बढेपछि यसले शरिरमा अन्य रोगहरु समेत बल्झाइदिन्छ । जसले गर्दा हामीहरूले रक्तचाप बढ्न नदिनका लागी समयमानै सचेत रहनुपर्दछ ।
यहाँ केही ख्याल राख्नु पर्ने कुराहरू दिइएका छन, जसले रक्तचाप रोगीको लागि निकै फाइदा पुर्याउन सक्दछ ।
१) रक्तचापका रोगीहरूले एकैपटक धेरै खानेकुरा खाने गर्नु हुँदैन । त्यसमा पनि मसाला तथा तेलमा तारेका खानेकुराहरूबाट टाढै बस्दा राम्रो हुन्छ ।
२) भोजन गर्दा फलफूल तथा सागसव्जीहरूको प्रयोग धेरै गर्नु पर्दछ ।
३) खानामा लसुन, प्याज, भटमास जस्ता बस्तुहरूको सेवन फाइदाजनक हुन्छ ।
४) भोजन गर्दा पोटासियम धेरै भएका बस्तुहरूको मात्रा बढी तथा सोडियमको मात्रा भने कम हुनु राम्रो हुन्छ ।
५) खानामा नुनको सेवन कम गर्नु पर्दछ ।
६) गुलियो पदार्थहरू, चिनी, क्याफिन, चक्लेट, जंक फूड आदिको सेवन लाइ नियन्त्रित गर्नुपर्दछ ।
७) हरेक दिनमा कम्तिमा १० देखि १२ गिलास सम्म पानी पिउनु पर्दछ ।
८) खानामा जौ, गहुँको पिठो, मुङ्ग, अंकुरित दाल आदिको सेवन गर्नुपर्दछ ।
९) तरकारीका रूपमा काउली, पालुङ्गो, मेथीको साग आदि नियमित खाने गर्नु पर्दछ ।
१०) लौका, पुदिना, परवल, सजिवन, फर्सी, करेला आदिको भोजन गर्नु पनि फाइदाजनक छ ।
११) ज्वानो, अदुवा समेत नियमित खाने गरेका फाइदा पुर्याउँदछ ।
१२) फलफूलमा मौसम, अंगुर, अनार, मेवा, स्याउ, सुन्तला, अम्बा आदिको नियमित सेवन गर्नु पर्दछ ।
१३) त्यस्तै दूध, भटमासको तेल, गाईको घिऊ, सखर, मह, बदाम आदिको सेवन पनि रक्तचापका रोगीहरूका लागि गुणकारी मानिन्छ ।
यी उपायहरू अपनाउने गरेमा रक्तचापका रोगीहरूलाइ निकै फाइदा पुग्दछ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: health
0 comments