मलेसियाको जेलमा रहेका १२२ नेपाली थुनामा स्वदेश फर्कने आशा
|
काठमाडौं, मलेसियाको लिङ्गिङ र अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा रहेका दुईवटा थुनुवा कक्षमा १ सय २२ जना नेपाली युवाहरू थुनिएका छन । उनीहरूले आफ्नो उद्धार गरिदिनका लागी राजदूतावासलाइ आग्रह गरेका छन ।
यहाँका अग्ला फलामे बारभित्र उनीहरू खाली खुट्टाले चिसो भुइँमा पलेंटी कसेर बसेका छ । यी १ सय ५ जना नेपालीहरूलाई हातमा हत्कडीले मात्रै लगाइएको छैन, उनीहरू सबैलाई लामो चेनले समेत बाँधिएको छ ।
यसैक्रममा नेपाली दूतावासका श्रम सहचरी बुद्धिनाथ भट्टराई १ जना सहयोगीका साथमा मलेसियाको राजधानी क्वालालम्पुरमा रहेको उक्त थुनुवा केन्द्रमा पुगेका थिए, त्यहाँ पुग्दा सबैको उनलाइ एउटै प्रश्न गरेका थिए, ‘हामी कहिले नेपाल उड्न पाउने हो सर? प्लिज हामीलाई घर पठाइदिनुहोस्।’ उनीहरूको यो करूण स्वरले जो कोही मानिसको पनि मन पगाल्दछ ।
सहचरी भट्टराईले उनीहरूलाइ पालैपालो बोलाएर सोधे, ‘के कारणले जेल परेको?’ यहाँ दुवै हातमा हत्कडी सहित रहेका र मलेसियाली प्रहरीको सुरक्षाको बिचमा घेरिएका उनीहरू मध्ये धेरै जनाको एउटै उत्तर रहेको थियो, ‘ सर हामी बेचिएछौं तर किन्नेले हाम्रो भिसा पनि लगाइ दिएको रहेनछ।’
उनीहरूले भने, ‘हामी बेचिएका रहेछौं’ । आफ्नो देशबाट विदेश गएर केही रूपैयाँ कमाइ गरेर आफु र आफ्नो परिवारलाइ पाल्ने रहरका साथमा मलेसिया पुगेका उनीहरू मध्येका एक जनाले बताए अनुसार एजेन्टले हामीलाई यहाँ ल्याएर एअरपोर्टबाटै बेचेको रहेछ । अहिले उम्कन खोज्दा जेल परिएको बताएका छन ।
उनीहरू सबैको आशाको केन्द्र भनेको दुतावस हो र अब सकेसम्म उनीहरू आफ्नै देश फर्किन चाहेको कुरा बताउँछन ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: News
0 comments