सुटिङ भन्दै निर्माताले गरे नायिकालाई तीन महिना कैद
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
बलिउडमा कास्टिङ काउचको विभिन्न घटनाहरु सार्वजनिक हुँदै आइरहेको छ भर्खरै सार्वजनिक भएको ताजा घटना अलि भिन्न प्रकारको रहेको छ । फिल्मको सुटिङको बाहानामा निर्माताले आफूलाई तीन महिना बन्दक बनाएको मराठी नायिकाले दाबी गरेकी छिन् ।
मराठी थिएटर, टिभी नायिका सुप्रिया पाथारेको दाबी अनुसार राजस्थानको एक फिल्मको शुटिङको दौरान एक निर्माताले उनलाई तीन महिनाको लागि बन्धक बनाएका थिए । पछि उनलाई दिवंगत शिवसेना सुप्रिमो बाल ठाकरेको हस्तक्षप पछि त्यहाँबाट मुक्त गरिएको उनले बताइन् । एक अडिटोरियममा ‘महिला सुरक्षा परिसंवाद’ लाई सम्बोधन गर्ने क्रममा उनले उनले निर्माताप्रति यस्तो आरोप लगाएकी हुन् ।
‘सुटिङको दौरान म यहाँबाट एक्लै थिएँ । तीन महिनासम्म उनले बन्दुक तेर्साएर मलाई अभिनय गर्न लगाए ।’ उनले भनिन्, ‘फिल्मका निर्माताले कैद गरे र ल्याण्डलाइनबाट आफ्नो परिवारसँग मात्र गफ गर्न अनुमति दिने गर्दथे ।’ परिवारसँग कुरा गर्न पनि मराठी भाषा प्रयोग गर्न नदिने बताउँदै उनले भनिन्, ‘मलाई उनले मराठी भाषा प्रयोग गर्न दिँदैनथे । तर मैले कुनै पनि हालतमा बहिनीसँग कोड भाषाको प्रयोग गरेर मेरो अवस्थाको बारेमा जानकारी दिन सक्षम भएँ ।’
पथारेले भनिन्, ‘मुम्बईमा मेरा परिवारले त्यतिबेला शिवसेना संस्थापकसँग मद्दत गुहारेका थिए । यद्यपी नायिकाले निर्माताको नाम र घटनास्थलको बारेमा खुलासा भने गरेकी छैनन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments