Hindi Films

यसकारण मारिन्छन्, स्कुटर चालक...

Unknown | 09:52 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
अघिल्लो वर्षको चैत महिनामा राजधानीकै व्यस्त सहर ठमेलमा एउटा स्कुटर दुर्घटना भयो, त्यसमा नेपालकै चर्चित गायिका मञ्जु महतको मृत्यु भयो। सामाजिक सञ्जाल अनि समाचार माध्यममा केही दिनसम्म समाचार, विचार अनि प्रतिक्रियाहरू धेरै छरिए ‘सडकमा स्कुटर असुरक्षित।’ एउटा चर्चाको कलाकारको दुर्घटनामा निधन भएपछि हल्लीखल्ली मच्चिनु स्वभाविकै थियो। केही दिनपछि त्यो सेलायो तर, पनि स्कुटर दुर्घटना रोकिएनन्, एकवर्षमा धेरै ‘मञ्जु’हरू मारिएका छन्। यही गएको मंसिर महिनामा पनि लगातार दुई दिन स्कुटर दुर्घटना भयो। मंसिर २१ गते बबरमहलको व्यस्त सडकमा भएको स्कुटर दुर्घटनामा शान्ति हमालको ज्यान गयोे। त्यसको लगत्तै २२ गते फेरि तीनकुनेमा अर्काे स्कुटर दुर्घटना भयो, त्यसमा २७ वर्षीया निशा बस्नेतको मृत्यु भयो। फेरि समाचारहरू बने‘स्कुटरलाई बच्नै गाह्रो, स्कुटर असुरक्षित।’ समाचार केही दिनपछि सेलाए। किन स्कुटरहरू धेरै दुर्घटनामा पर्छन् अनि त्यसमा पनि किन महिलाले चलाएको स्कुटर नै धेरै दुर्घटनामा हुन्छन् र ज्यान पनि जान्छ। लामो समयदेखि ट्राफिक क्षेत्रमा सुधारको काम गरेर चर्चा कमाएका ट्राफिक प्रहरी निरिक्षक सीताराम हाछेथुले यसको शुक्ष्म अनुसन्धान गरेका छन्। हाछेथुका अनुसार पहिलो त स्कुटर चालक महिलाको ‘साइकोलोजी’ हो। भन्छन्‘सडकमा अलिकति अप्ठारो परिस्थिति आउनासाथ महिला चालकहरू डराउँछन्, आत्तिन्छन्’ उनको लामो अनुभवले भन्छ ‘त्यसैले स्कुटर अनियन्त्रित हुन्छ अनि दुर्घटना पर्छ।’ यसमा स्कुटर चालक महिलाको मात्रै दोष भने छैन। स्कुटरको बनावट नै त्यस्तै छ। ‘चालक आत्तिन्छन्, एक्सीलेटर छोड्ने होस पनि हुँदैन’ हाछेथु भन्छन्‘अत्तालिँदा त्यो अझ बढी निमोठिन्छ, अनि स्कुटर हुत्तिएर कतै ठोक्किन्छ।’ किनकी स्कुटरमा गेयर हुँदैन, गेयर भए रोकिने सम्भावना पनि हुन्छ। दुर्घटनामा के हुन्छ? त्यो भएपछि मात्रै थाहा हुन्छ, जोखिम ज्यानकै हुन्छ। म्हिला चालकहरूले स्कुटर चलाउँदा सुरक्षित हेल्मेट लगाउँदैनन्। हाछेथुले देखेका छन्‘धेरै महिला स्कुटर चालकहरू बलियो, सुरक्षित हेल्मेट लगाउँदैनन्, डेढ, दुइ लाखको स्कुटर चढ्दा पनि ५–७ सयको हेल्मुटमै हुन्छन्।’ त्यसले पनि ज्यानको जोखिम बढाउँछ। कम्तीमा हेल्मेट बलियो भने टाउको जोगिने सम्भावना पनि बलियो हुन्छ। धेरैजसो युवतिहरू फेसनका लागि पनि त्यस्ता हेल्मेटहरू लगाउने गरेको उनको अनुभव छ।‘धेरैजसो युवतीहरू फेस देखाउने, अनि फेसनेवल हुन खोज्छन्, अनि सानो हेल्मेट लगाउँछन्, त्यसरी त सुरक्षा हुँदैन नि?’ एकातिर यो सजगकता छैन महिला चालकहरूमा अनि अर्काेतिर धेरैजसो महिलाहरू स्कुटर चलाउँदा कानमा एयरफोन लगाएर गीत सुनिरहेका हुन्छन्। उनले धेरैलाई देखेका छन्, अनि सोधेका पनि छन् ‘किन एयरफोन लगाएर चलाएको?’ धेरैको उत्तर हुन्छ ‘बोरिङ हुन्छ, कहिलेकाहीँ इमर्जेन्सी फोनहरू पनि आउँछ।’ हाछेथु यही अनुभवले भन्छन् ‘त्यसमा माइन्ड कन्सियस हुँदैन, आधा दिमाग गीतमा अनि फोनमा हुन्छ, आँखा सडकमा हुन्छन् तर, माइन्ड त्यसमा भएन भने दुर्घटना हुन्छ।’ स्कुटरको पाङ्ग्रा बढीमा दश इन्चसम्मको मात्रै हुन्छ। मोटरसाइकलको पाङ्ग्रा त्यस्तै हुँदैन, ठूलो हुन्छ। त्यसैले सडकका सामान्य खाल्डा, साना ढुङ्गामा ठक्कर लाग्दा पनि स्कुटर अनियन्त्रित हुन्छन्। ‘हाछेथु भन्छन्, त्यसले पनि स्कुटर बढी दुर्घटनामा पर्छन्।’ हाछेथुलाई लागेको छ कि राजधानीका धेरैजसो सडकहरू स्कुटरका लागि उपयुक्त छैनन्। खाल्डाखुल्डी अनि सडकमा छरिने रोडा, ढुङ्गाहरूले पनि स्कुटरलाई असुरक्षित बनाएका छन्। ‘अझ नयाँ बन्दै गरेका बाटाहरू झन् खतरा छन्’ उनी भन्छन् ‘राजधानीका एकाध सडकबाहेक देशभरिकै सडक स्कुटरका लागि धेरै राम्रा छैनन्।’ अनि बजारमा आएका नयाँ नयाँ डिजाइन अनि कम्पनीका स्कुटरहरूमा धेरैको अनुभव हुँदैन। ‘भर्खर बजारमा नयाँ कम्पनीका नयाँ डिजाइनका स्कुटर आएका हुन्छन्, त्यसमा धेरैको अनुभव नै हुँदैन’ हाछेथु भन्छन् ‘शोरुमबाट झिकेर डाइरेक्ट सडकमा हुँइकाउन थालेपछि अनि के हुन्छ त?’ नयाँ स्कुटहरूमा अहिले पावर पनि बढी छ। ठाउँठाउँका तुरन्तै मोडिने खालका पनि हुन्छन्। त्यसैले पनि लेन अनुशासन तोड्नेमा स्कुटरवाला नै बढी देखिन्छन्। हाछेथु भन्छन् ‘पुरना स्कुटरहरू जति नै गरेपनि पावर कम थियो, तर त्यत्ति दौडिन सक्दैनथे, अबका त धेरै पावरका छन्, जाममा पनि जहाँ पायो त्यहीँबाट हुँइकादिन्छन्।’ यो पनि दुर्घटनाको अर्काे सम्भावना हो। अनि हाछेथुको अर्काे अनुभव छ, जहिले पनि ठूलोकै गल्ती देखिन्छ। धेरैको मानसिकता नै त्यही हुन्छ। ट्रक, बस अनि जेसुकै ठूला गाडीसँग ठोक्किएपनि साना स्कुटर अनि मोटरसाइकलको दोष देखाइँदैन। ‘स्कुटरले ट्रकलाई हान्यो, वा मोटरसाइकलले बसलाई हान्यो भनेको सुन्नुभाछ? कसैले पनि त्यस्तो भन्दैन, हामीले पनि रिपोर्टमा स्कुटरले बस वा ट्रकलाई हान्यो भनेर लेख्दैनौँ, कतिपय कुरा गोप्य नै राख्नुपर्छ’ हाछेथुको एउटा सत्य अनि तीतो अनुभव के हो भने ‘तर, गल्ती स्कुटर वा मोटरसाइकलको पनि हुन्छ, उनीहरू नै ठोक्किने सम्भावना हुन्छ।’ तर, मान्छेको निधन भइसकेपछि, घाइते भइसकेपछि सबैको सहानुभूति, समवेदना उतैतिर जान्छ।‘दोष ठूलाको पनि हुन्छ, धेरैजसो असुरक्षा उनीहरूबाटै हुन्छ, तर मोटरसाइकल वा स्कुटर चलाउनेहरू पनि उत्तिकै दोषी हुन्छन्’ हाछेथुले लामो ट्राफिक यात्रामा गरेको अनुभवले यही भन्छ। त्यसैले अब हाछेथुले अब स्कुटर चलाउनेहरूलाई यस्तै सावधानीका कुराहरू समेटेर सन्देश बाँड्दैछन्। स्कुटर असुरक्षित हुनुको कारण, दुर्घटनाको कारण, अनि त्यसबाट बच्ने उपायहरू समेटिएको पर्चा पम्प्लेट उनले अब स्कुटर चालकहरूलाई बाँड्नेछन्। अहिले पनि उनले प्रत्येक कलेज–कलेजहरूमा दुर्घटना सचेतना कक्षा चलाइरहेका छन्। यी झिनामसिना कुराहरू हुन्, त्यसैले कसैल पनि यसमा ध्यान दिँदैनन्। सबैले थाहा पाएकै कुरा हुन् तर पनि ख्याल गर्दैनन्। हाछेथुको अनुभवले भन्छ ‘यस्तै ससाना लार्पबाहीले दुर्घटनाको जोखिम बढाउँछ, ज्यान जान्छ अनि सबले भन्छन्, के हेर्छ ट्राफिक, के गर्छ सरकार?’
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments