उपचार खर्च नहुँदा २८ वर्षदेखि गाईको दाम्लोमा बाँधेर राखेको खुलासा
|
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
तेह्रथुम, पौष १७ । उपचार खर्च नभएपछि तेह्रथुममा एक मानसिक रोगी महिलालाई २८ वर्षदेखि दाम्लोले बाँधेर राखिएको खुलासा भएको छ । नियमित औषधि खुवाउने पैसा नभएपछि मानसिक रोगी हमरजुङ गाउँ विकास समिति वडा नम्बर ४ की ३२ वषीया कमला रोक्कालाई नियन्त्रण गर्न यो उपाय अपनाइएको उनकी आमा इन्द्रमायाले बताएकी छन् ।
तीन वर्षको उमेरमै मानसिक सन्तुलन गुमाएपछिकेही समय उनलाई औषधि खुवाइएको थियो । मानसिक सन्तुलन गुमाएपछि कमलासँग अज्ञात व्यक्तिले सम्पर्क राखेर छोरा समेत जन्माएको बताइएको छ । उनका छोरा पनि अहिले ९ वर्षका भइसकेका छन् ।
तर, उनको भविष्य पनि अन्यौलमा छ । कमलाको परिवारले उपचार खर्च जुटाइदिन सबैमा अपील गरेको छ ।
एउटै परिवारमा कमला मात्र नभइ उनका दाजु कुमार र बहिनी लक्ष्मीको पनि मानसिक सन्तुलन गुमेपछि अभिभावक थप चिन्तित बनेका छन् ।
तीन वर्षको उमेरमै मानसिक सन्तुलन गुमाएपछिकेही समय उनलाई औषधि खुवाइएको थियो । मानसिक सन्तुलन गुमाएपछि कमलासँग अज्ञात व्यक्तिले सम्पर्क राखेर छोरा समेत जन्माएको बताइएको छ । उनका छोरा पनि अहिले ९ वर्षका भइसकेका छन् ।
तर, उनको भविष्य पनि अन्यौलमा छ । कमलाको परिवारले उपचार खर्च जुटाइदिन सबैमा अपील गरेको छ ।
एउटै परिवारमा कमला मात्र नभइ उनका दाजु कुमार र बहिनी लक्ष्मीको पनि मानसिक सन्तुलन गुमेपछि अभिभावक थप चिन्तित बनेका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: News
0 comments