Hindi Films

जनता मोटाएपछि सरकारलाई चिन्ता, खुटि्कलो चढ्नैपर्ने नियम

Unknown | 04:59 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ पुष १९ गते पृथ्वी नारायण शाहको भनाइ मान्ने हो भने जनता मोटा भए देश बलियो हुन्छ । तर अहिले धनी देशका सरकारले भने जनता मोटा हुँदा देश कमजोर हुँदै गएको भनेर जनताको बोसो घटाउने
उपाय सोँच्न थालेका छन् । युरोप र एसिया दुबै महादेशमा पर्ने देश टर्कीको सरकारले समेत आफ्नो देशका जनताको मोटोपना घटाउन अनौठो जुक्ति लगाएको छ । टर्कीको पश्चिमी इडिर्न प्रान्तमा सर्वसाधारणलाई भवनहरुमा लिफ्ट चढ्नमा प्रतिबन्ध लगाइएको छ । जनता लिफ्ट चढ्दा देशको विजुली बढि सकियो भनेर होइन, जनताको बोसो घटाउन यस्तो उपाय अपनाइएको हो । प्रान्तीय गभर्नर डरसन अली शाहिनले सार्वजनिक भवनहरुमा सुरुको तिनतला सम्म उक्लिनका लागि लिफ्ट प्रयोग गर्न नपाइने र सिँढी चढ्नैपर्ने नियम घोषणा गरेका छन् । जनताको मोटोपना घटाउने अभियानको एक हिस्साको रुपमा सरकारले यस्तो कार्यक्रम घोषणा गरेको हो । समाचार अनुसार अस्पताल र नर्सिङ होमहरुमा भने यस्तो नियम लागु हुनेछैन । तथापि बिरामी र अशक्तहरुले भने लिफ्ट प्रयोग गर्न छुट पाउने छन् । हरेक पटक लिफ्टको साटो सिँढी चढेर उक्लिँदा एक दिन आयु बढ्ने भन्दै गभर्नरले अहिले सार्वजनिक भवनहरुमा लागु भएको यस्तो नियम भविष्यमा निजि भवनहरुमा समेत लागु गरिने जानकारी दिए । तिन तला सम्म लिफ्ट प्रयोग गर्न नदिने सरकारको नियम पशुपतिको जात्रा सिद्राको व्यापार जस्तै हो । यसले एकातर्फ जनताको मोटोपना घटाएर आमस्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ भने अर्कोतर्फ उर्जावचत समेत हुन्छ । स्मरण रहोस् ती गभर्नरले गएको वर्ष उक्त प्रान्तका कफी पसलहरुलाई समेत ग्राहकलाई कम चिनी हालेको कफी खुवाउनुपर्ने नियम बनाएका थिए । सरकारले तेश्रो तलासम्मको लागि मात्र लिफ्ट चढ्न प्रतिबन्ध लगाएको कुरालाई कतिपय टर्किसहरुले आलोचना गरेका छन् । सरकारी नियमको खिल्ली उडाउँदै एक जना टि्वटर प्रयोगकर्ता लेख्छन्, ‘टर्किस जनता लिफ्ट चढेरै चौथो तलामा उक्लिनेछन् अनि त्यहाँबाट हिँडेर तेश्रोमा ओर्लिनेछन् ।’
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments