Hindi Films

राष्ट्रपति राजापाक्षे र उनकै पूर्वमन्त्रीबीच कडा टक्कर

Unknown | 02:16 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं, पौष २४ । श्रीलंकामा विहीबार (आज) नयाँ राष्ट्रपति चुन्न मतदान भइरहेको छ । निर्वाचनमा वर्तमान राष्ट्रपति महेन्दा राजापाक्षेलाई उनकै सरकारका पूर्वमन्त्री मैथ्रिपाला सिरीसेनाले कडा टक्कर दिँदैछन् । यो निर्वाचनलाई श्रीलंकामा गृहयुद्ध अन्त्यपछिको निकै महत्वपूर्ण राजनीतिक घटनाको रुपमा हेरिएको छ । झन्डै तीन दशक लामो तमिल विद्रोहलाई सन् २००९ मा परास्त गरेपछि राष्ट्रपति राजापाक्षेको लोकप्रियता निकै बढेको थियो । तर, पछिल्ला दिनमा आफ्ना नातेदार र निकटवर्तीलाई उच्च पदमा पुर्‍याएको र देशलाई फेमिली बिजनेश जसरी चलाउन खोजेको आरोप उनीमाथि लागेको छ । सन् २००५ मा पहिलोपटक श्रीलंकाका राष्ट्रपति बनेका राजापाक्षेले तमिल विद्रोहीलाई सैन्य बलमा पराजित गरेका थिए । तर, सेना प्रमुख सरथ फोन्सेकासँग सम्बन्ध बिग्रिएपछि उनले फोन्सेकालाई पदबाट हटाएका थिए ।
२०१० मा भएको राष्ट्रपति निर्वाचनमा फोन्सेकालाई हराउँदै राजापाक्षे दोस्रोपटक श्रीलंकाका राष्ट्रपति बनेका थिए । राष्ट्रपति चुनिएको केही समयमै राजापाक्षेले फोन्सेकालाई पदमा रहँदा शक्तिको दुरुपयोग गरी सरकारलाई युद्ध अपराधमा सामेल गराएको आरोपमा पक्राउ गरेपछि उनको आलोचना बढेको थियो । यसपटक पनि आफ्नो लोकप्रियता रहँदै निर्वाचन गरिसक्न राजापाक्षेले निर्धारित मितिभन्दा दुई वर्ष अगाडि चुनाव घोषणा गरेका हुन् । तर, यसपटक राजापाक्षेलाई अघिल्ला दुई संस्करणका निर्वाचनभन्दा कठीन हुने विश्लेषण गरिएको छ । (एजेन्सी)
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments