Hindi Films

सुरक्षा संवेदनशील ,सेना परिचालन गरेर माघ ८ मा यसरि संबिधान जारि गर्ने,

Unknown | 22:07 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
सुरक्षा संवेदनशील ,सेना परिचालन गरेर माघ ८ मा यसरि संबिधान जारि गर्ने, January 03, 2015
काठमाडौ, मुलुकमासंविधान जारी गर्ने मिति निजिकिँदै गर्दा दलहरुका बीचमा भने विवादले उग्र रुप लिन थालेको छ । यहि अवस्थाले गर्दा मुलुकको सुरक्षा संवेदनशील रहेको भन्दै सरकारले केन्द्रीय सुरक्षा समितिको बैठक मार्फत सवै सुरक्षा निकायलाई निर्देशन दिएको छ । पूर्वघोषित कार्यक्रम अनुसार दलहरुले तोकिएको समयमा नै संविधान जारी गर्ने अवस्था अन्त्य भइसकेका कारणले मुलुकमा संविधिान तोकिएको मितिमानै चाहने समूह र आफ्नो अनुकूलको संविधान नभए जारी गर्न नहुने समूहका बिचमा हुन सक्ने द्वन्द्वलाई मध्यनजर गर्दै सुरक्षा ब्यवस्था कडा बनाइएको कुरा गृह मन्त्रालयका एक उच्च अधिकारीलाइ उद्धृत गर्दै समाचारपत्र दैनिकको एक समाचारमा जनाइएको छ । अहिले आन्तरिक तथा बाहृय दुवै विषयबाट मुलुको सुरक्षामा गम्भीर खतरा रहेको भन्दै केन्द्रीय सुरक्षा समितिले उत्तर तथा दक्षिणको सीमानामा कडाइ गर्नुका साथै राजधानी उपत्यकाको सुरक्षा ब्यवस्थालाई चुस्त राख्न समेत सवै सुरक्षा निकायलाई निर्देशन दिने निर्णय गरेको ती अधिकारीले जानकारी दिएका छन । तराई र हिमाली तथा पहाडी सीमावर्ती क्षेत्रमा समेत सुरक्षा ब्यवस्था बजबुत बनाउनुपर्ने पछिल्लो सुरक्षा निकायको सुझावपछि समितिले उक्त निर्देशन दिएको कुरा समाचारमा उल्लेख गरिएको छ । यसपटक सरकारले सीमाक्षेत्रमा सुरक्षाकर्मीलाई थप गर्नुका साथै सादा पोसाकमा समेत सरक्षाकर्मी परिचालन गर्ने निर्णय समेत गरेको छ । संविधानसभा भवनमा समेत अहिले भएको सुरक्षा तैनाथीको संख्यालाई दोब्बर बनाउनका लागी नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिइएको कुरा ती अधिकारीलाइ उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments