विवादित विषयमा सहमति जुटाउन आजपनि शीर्षदलहरू छलफल गर्दै
|
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
January 03, 2015
काठमाडौं, मुलुकमा संविधानका विवादित बिषयहरूमा सहमति जुटाउनका लागी भन्दै प्रमुख दलका शीर्ष नेताहरु आज (शनिबार) पनि छलफल गर्दैछन ।
शीर्ष दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र मधेस केन्द्रित दलका शीर्ष नेताहरूको संयुक्त बैठक बस्नु भन्दा पहिले यी दलहरुका बीचमा दुई पक्षीय छुट्टाछुट्टै छलफल समेत हुने भएको छ । शनिबार चार दलको बैठक बस्नुअघि नेपाली काँग्रेसले मधेसी मोर्चासँग पनि छलफल गर्ने भएको छ ।
संविधान जारी गर्ने मिति माघ ८ आउन अब १९ दिनमात्र बाँकी रहेको अबस्थामा पनि अहिले सम्म दलहरुका बीचमा राज्य पुनःसंरचना, शासकीय स्वरूप, न्याय प्रणाली र निर्वाचन प्रणालीमा सहमति जुट्न सकिरहेको छैन । यी मुख्य विषयहरूमा सहमति जुटाउनका लागी दलहरुले पटक पटक छलफलहरू गरिसकेका छन, तर अहिले सम्म निष्कर्षमा पुग्न भने सकिरहेका छैनन ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: News
0 comments