, कतिन्जेल पर्खेर बस्ने?सभाध्यक्षको यस्तो बेचैन !
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ फाल्गुन १२ मंगलवार
काठमाडौं : एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले फागुन १६ को जनशक्ति प्रदर्शनपछि मात्रै सत्तापक्षसँग वार्ता हुनसक्ने संकेत दिएका छन्।
संवैधानिक परिषद्को बैठकमा सहभागी हुन सिंहदरबारमा पुगेका प्रचण्डलाई संविधानसभा अध्यक्ष सुवास नेम्वाङले 'तपाईहरुलाई कहिलेसम्म पर्खेर बस्ने' भन्ने प्रश्न गर्दा प्रचण्डले फागुन १६ अघि वार्ता हुन नसक्ने स्पष्ट गरेका हुन्। संवैधानिक परिषद्को मंगलबार बैठक बस्नु अघि प्रधानमन्त्री सुशील कोइराला र सभाध्यक्ष सुवास नेम्वाङसँगको छोटो कुराकानीमा प्रचण्डले आफू वार्ता र सहमतिकै पक्षमा रहेको बताएका हुन्।
दलहरुबीच सहमति जुटाउन भन्दै आफूले अनिश्चितकालसम्म संविधानसभा बैठक स्थगित गरेपनि परिणाम आउन नसक्नुको कारण सभाध्यक्ष नेम्वाङले दाहालसँग सोधेका थिए। 'संविधानसभा कहिलेसम्म पर्खेर बस्ने हो? तपाइहरु के गरिरहनु भएको छ?' नेम्वाङको प्रश्न उधृत गर्दै स्रोतले भन्यो।
जवाफमा दाहालले भने,'तपाई(सभाध्यक्ष) भन्नुहुन्थ्यो नि, दलहरुले सहमति गर्न नसकेका होइनन, नचाहेका हुन। कुरा त्यहि हो। अहिले पनि सहमति गर्न चाहेका छैनन।' सहमति गर्न चाहे एक दुई दिनमै सबै कुराको टुंगो लाग्ने दाहालले बताएका थिए। 'त्यसो भए सहमति कहिले गर्नुहुन्छ त' भनी सभाध्यक्षले अर्को प्रश्न गरेका थिए। 'बाहिर देखिए जस्तो वार्ता र सम्वाद हुंदै नभएको त होइन।
विभिन्न चरणमा वार्ता र सम्वाद त भइरहेका छन। तर परिणाम कहिले आउंछ भनेर म दिन त तोक्न सक्दिन। सहमति गर्न चाहे एक दुई दिनमै टुंगिन्छ,' दाहालको जवाफ थियो। परिषदको बैठक सकिएपछि प्रधानमन्त्री कोइरालाले दलहरुबीच संवाद र छलफल भइरहेको बताएका थिए। एमाओवादी अध्यक्ष दाहाल लगायत अन्य विपक्षी दलका नेताहरुसँग आफु र अन्य नेताहरुले पनि सम्वाद र छलफल गरिरहेको कोइरालाले बताएका थिए।
'सहमतिबाट संविधान बनाउन हामी पनि प्रतिवद्व छौ,' कोइरालाको भनाई उदघृत गर्दै स्रोतले भन्यो। त्यस क्रममा एमाओवादी अध्यक्ष दाहालले फागुन १६ गतेपछि मात्र औपचारिक वार्ताले गति लिने संकेत गरेका थिए। 'अहिले त म पनि आन्दोलनको तयारीमा व्यस्त छु। १६ गतेपछि वार्ता हुन्छ,' दाहालको भनाई उदघृत गर्दै स्रोतले भन्यो। एमाओवादी नेतृत्वको विपक्षी गठबन्धनले फागुन १६ गते जनप्रदर्शन गर्ने तयारी गरिरहेको छ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले एमाओवादी नेतृत्वको गठबन्धन सहमतिमा आउन नचाहेको बताए। संसद सचिवालयमा केही सञ्चारकर्मीसँग मंगलबार कुराकानी गर्दै पौडेलले भने,'सहमति गर्न हामीले प्रयास गरेकै हो।
उनिहरु सहमति भन्दा आन्दोलनतिर लागेका छन।' फागुन १६ पछि भने दलहरुबीच औपचारिक छलफल अघि बढने पौडेलले बताए। 'फागुन १६ सम्म त पर्खिनैप:यो। त्यसपछि पनि संवाद भएन भने के गर्ने भनेर त निर्णय लिनैपर्छ,' पौडेलले भने।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments